नक्कली भुटानी शरणार्थी प्रकरण: आज फैसला हुँदै, खाण र रायमाझीको भविष्य के होला ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ मंसिर २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – उच्च अदालत पाटनमा यही मंसिर ५ गतेदेखि सुरू भएको नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ बिहीबार सकिएको छ।

न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा बिहीबार सुनुवाइ सकिएको र आज निर्णय हुनसक्ने उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए।

- Advertisement -
Ad imageAd image

जिल्ला अदालत काठमाडाैंले सुनाएको थुनछेक आदेशविरुद्ध दायर गरिएको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएर अदालतले आज निर्णय सुनाउने भएको हो।

हाल सो प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई थुनामुक्त गराउनु पर्ने मागसहित गरिएको जवाफी बहस सकिएकाले आज फैसाला आउने सम्भावना रहेको हो।

अदालतमा जारी बहसमा खाणलगायत थुनामा रहेकाहरुको पक्षबाट वकिलहरूले उनीहरुलाई थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका छन्। आज आउने फैसालाले खाणलगायत थुनामा रहने कि बाहिर बसेर मुद्दा चलाउने भन्नेमा निर्क्याैल हुनेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्