रेशम चौधरीको आममाफीमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ मंसिर २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ ।

बिहीबार सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका चौधरीले गणतन्त्र दिवसको अवसरमा आममाफी पाएका थिए । आममाफीको निर्णयविरुद्ध राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई रिट दायर भएको थियो ।

हत्याकाण्डका मुख्य योजनाकारका रूपमा रेशमविरुद्ध कैलाली जिल्ला, दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले गत जेठ २ गते मात्रै सदर गरेको थियो ।

तर गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएपछि चौधरी गत जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array