विश्वकप सेमिफाइनलमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाको भिडन्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० कार्तिक २०८०, बिहीबार
1 Min Read
Aa

काठमाण्डौ – आईसीसी विश्वकप २०२३ को दोस्रो सेमिफाइनलमा आज बिहिबार अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दैछन्। कोलकताको इडेन गार्डेनमा हुने खेल दिउँसो सवा २ बजेपछि सुरु हुनेछ।

दक्षिण अफ्रिका अंक तालिकाको दोस्रो र अस्ट्रेलिया तेस्रो स्थानमा रहेर सेमिफाइनल खेल्न लागेका हुन्। सन् १९९९ र २००७ को विश्वकपको सेमिफाइनलमा यी दुई टोली आमने सामने भएका थिए। दुई भिडन्तमा अस्ट्रेलियाले बाजी मारेको छ।

- Advertisement -
Ad imageAd image

यी दुई टोली सन् १९९२ को विश्वकपमा पहिलो पटक भेट भएका थिए। पछिल्ला ५ खेलमा अस्ट्रेलिया अपराजित छ भने दक्षिण अफ्रिकाले ४ खेलमा जित निकाल्दा एक खेलमा हारको सामना गर्नुपरेको छ।

यो खेलको विजेताले आइसीसी विश्वकप २०२३ को उपाधिका लागि आइतबार भारतको सामना गर्नेछ। भारत अपराजित रहेर फाइनलमा पुगेको हो। न्युजिल्याण्डलाई ७० रनले हराउँदै भारत विश्वकपको उपाधि नजिक पुगिसकेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्