पाकिस्तान विश्वकपको सेमिफाइनल पुग्न असफल, न्युजिल्याण्ड अन्तिम चारमा पुग्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ कार्तिक २०८०, आईतवार
1 Min Read
Aa

काठमाण्डौ – पाकिस्तान एक दिवसीय विश्वकपको सेमिफाइनल पुग्नबाट चुकेको छ । आवश्यक रनरेट इङ्ल्याण्डविरुद्धको खेलमा प्राप्त नहुने भएसँगै पाकिस्तान विश्वकपको सेमिफाइनल पुग्नबाट चुकेको हो ।

पहिला टस जितेर ब्याटिङ गरेको इङ्ल्याण्डले ३ सय ३७ रन बनाएको छ । इङ्लिस टिमले जितका लागि पाकिस्तानलाई ३ सय ३८ रनको लक्ष्य प्रस्तुत गरेको छ । पाकिस्तानलाई सेमिफाइनल पुग्न मात्र ६ दशमलव ४ ओभरमा लक्ष्य पुरा गर्नुपर्ने थियो । जुन पाकिस्तानी टिमले पुरा गर्न सकेन । योसँगै पाकिस्तान सेमिफाइनलको दौडबाट बाहिरिएको हो ।

इङ्ल्याण्डले जोनी बेयरस्टो, जो रुट, बेन स्टोक्सको अर्धशतकिय इनिङ्समा ५० ओभरमा ३ सय ३७ रन बनाएको थियो । इडेन गार्डेनमा भएको खेलमा जित निकाल्दै इङ्ल्याण्ड सन् २०२५ मा हुने च्याम्पियन्स ट्रफीमा छनोट हुन चाहन्छ ।

पाकिस्तान समेत चमत्कारी प्रर्दशन सहित सेमिफाइनल पुग्ने लक्ष्यमा थियो । तर, पाकिस्तान अनुकुलको खेल नबनेपछि न्युजिल्याण्डको भाग्य खुलेको छ । यसअघिनै भारत, साउथ अफ्रिका र अष्ट्रेलिया यसअघिनै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array