मिचेल मार्सको सानदार शतकको सहयोगमा अष्ट्रेलियाद्वारा बंगलादेश ८ विकेटले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ कार्तिक २०८०, शनिबार
2 Min Read
Aa

काठमाडौँ – आईसिसी विश्वकप क्रिकेटको राउण्ड रोबिनको आफ्नो खेलमा शनिबार अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ । ३ सय ७ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४४.२ ओभरमा मात्र २ विकेट गुमाएर ३२ बल बाँकी रहँदै खेल जितेको हो ।

यसअघि नै सेमिफाइनल पुगिसकेको अष्ट्रेलियाको जितमा मिचेल मार्सले शतकिय इनिङ खेले । मार्स १ सय ३२ बलमा १ सय ७७ रनको शानदार इनिङका साथ नट-आउट रहे। उनले १७ चौका र ९ छक्का प्रहार गरे । स्टिभ स्मिथले ६४ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ६३ रन बनाएर अविजित रहे। ओपनर डेभिड वार्नरले पनि ६१ बलमा ६ चौका प्रहार गर्दै ५३ रनको अर्धशतकीय पारी खेले। अर्कोतर्फ उनका ओपनिङ पार्टनर ट्राभिस हेड १० रनमै आउट भए ।

- Advertisement -
Ad image

बंगलादेशका लागि तस्किन अहमद र मुस्ताफिजुए रहमानले समान विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३ सय ६ रन बनाएको थियो ।
बंगलादेशका लागि तौहिद हृडोयले ७९ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ७४ रन बनाए । शाकिब अल हसनको अनुपस्थितिमा आजका कप्तान रहेका नजमुल हसन शान्तोले ५७ बलमा ६ चौका प्रहार गर्दै ४५ रन बनाए । त्यसैगरी, ओपनर तान्जिद हसन र लिट्टन दास दुबैले समान ३६ रन बनाए ।

महमुदुल्लाहले २१ बलमा एक चौका र तीन छक्का प्रहार गर्दै ३२ रन बनाए । मेहिदी हसन मिराजले २९ र मुस्फिकुर रहिमले २१ रन बनाए । नसुम अहमद ७ रनमा आउट भए । महेदी हसन २ र तस्किन अहमद बिना कुनै रन नटआउट रहे । अष्ट्रेलियाका लागि सन एबोट र एडम जाम्पाले समान २ र मार्कस स्टोइनिसले १ विकेट लिए ।

योसँगै अस्ट्रेलियाले ९ खेलमा १४ अंकसहित तेस्रो स्थानमा रहदै सेमिफाइनल खेल्ने भएको छ । अस्ट्रेलियाले सेमिफाइनलमा दक्षिण अफ्रिकासँग खेल्ने यसअघि नै निश्चित भएको थियो । त्यस्तै बंगलादेशको ९ खेलमा ४ अंक रहेको छ र अंक तालिकामा आठौँ स्थानमा रहेदै विश्वकपको यात्रा सकाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्