आइसीसी क्रिकेट विश्वकप अन्तर्गतको खेलमा न्यूजील्याण्डद्वारा श्रीलंका ५ विकेटले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ कार्तिक २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – न्यूजील्याण्डले श्रीलंकालाई पराजित गर्दै विश्वकपमा आफ्नो सेमिफाइनलको दौडमा कायम रहेको छ । विहिबार सम्पन्न आइसीसी क्रिकेट विश्वकप अन्तर्गतको खेलमा न्यूजील्याण्डले श्रीलंकालाई ५ विकेटले पराजित गरेको हो ।

श्रीलंकाले दिएको १७२ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले २३.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गर्दै श्रीलंकाले ४६.४ ओभरमा १७१ रन बनाएर अल आउट भएको थियो ।

यो न्यूजील्याण्डको यस विश्वकपमा पाँचौं जित हो । यो जितपछि न्यूजील्याण्ड ९ खेलमा १० अंकसहित चौथो स्थानमा कायम रहेको छ । अब न्यूजील्याण्डको सेमिफाइनलमा पुग्ने नपुग्ने निर्णय पाकिस्तान र अफगानिस्तानको अन्तिम खेलपछि हुने छ । अफगानिस्तानले आफ्नो अन्तिम खेल शुक्रबार दक्षिण अफ्रिकाविरुद्ध खेल्दै छ भने पाकिस्तानले आफ्नो अन्तिम खेल शनिबार इङल्याण्डविरुद्ध खेल्दै छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array