अस्ट्रेलिया क्रिकेट विश्वकपको सेमिफाइनलमा: अस्ट्रेलियाको जितमा ग्लेन म्याक्सवेलको अविजित २०१ रनको योगदान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ कार्तिक २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौँ – अस्ट्रेलिया जारी क्रिकेट विश्वकपको सेमिफाइनलमा पुगेको छ । मंगलबार सम्पन्न खेलमा अस्ट्रेलियाले अफगानिस्तानलाई ३ विकेटले पराजित गर्दै विश्वकपको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । अफगानिस्तानले दिएको २९२ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४६.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

खराब शुरुवात गरेको अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले अविजित २०१ रन बनाउदै अस्ट्रेलियालाई जिताएका थिए । म्याक्सवेलले १२८ बलमा २१ चौका र १० छक्का प्रहार गर्दै अविजित २०१ रन बनाएका थिए ।

९१ रनमा ७ विकेट गुमाएको अस्ट्रेलियालाई म्याक्सवेल र कप्तान पाट कमिन्सले अविजित रहदै जिताएका थिए । दुवैले आठौँ विकेटका लागि २०२ रनको साझेदारी गरेका थिए । यसअघि पहिला ब्याटिंग गर्दै अफगानिस्तानले ५० ओभरमा ५ विकेट गुमाउदै २९१ रन बनाएको थियो ।

योसँगै अस्ट्रेलियाको ८ खेलमा १२ अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । साथै भारत र दक्षिण अफ्रिकासँगै अस्ट्रेलियाले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

त्यस्तै अफगानिस्तानको ८ खेलमा ८ अंक रहेको छ र अंक तालिकामा छैटौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

Array