अस्ट्रेलियासँग पराजित भएसँगै ईङल्याण्ड विश्वकपबाट बाहिरियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ कार्तिक २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौँ – अस्ट्रेलियाले ईङल्याण्डलाई ३३ पराजित गरेको छ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत अस्ट्रेलियाले ईङल्याण्डलाई ३३ रनले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको २८७ रनको लक्ष्य पछाएको ईङल्याण्ड ४८.१ ओभरमा अल आउट हुदै २५३ रन बनाएपछि अस्ट्रेलिया ३३ रनले विजयी भएको छ ।

यसअघि अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै ४९.३ ओभरमा अल आउट हुदै २८६ रन बनाएको थियो ।

यो अस्ट्रेलियाको यस विश्वकपमा पाँचौं जित हो । यो जितपछि अस्ट्रेलियाको ७ खेलमा १० अंक भएको छ र् अंक तालिकामा तेस्रो स्थानमा रहेको छ ।

त्यसैगरी ईङल्याण्डको भने यो यस विश्वकपमा छैटौं हार हो । यसका साथै डिफेन्डिङ च्याम्पियन ईङल्याण्ड सेमिफाइनलको दौडबाट औपचारिक रुपमा बाहिरिएको छ । ईङल्याण्डको ७ खेलमा केवल २ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array