वर्षाले प्रभावित खेलमा पाकिस्तानसँग न्युजिल्यान्ड पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ कार्तिक २०८०, शनिबार
2 Min Read
Aa

काठमाण्डौ – एकदिवसिय विश्वकप क्रिकेटमा पाकिस्तानले न्युजिल्यान्डलाई डर्कवर्थ लुइस पद्दतिका आधारमा पराजित गर्दै सेमिफाइनल सम्भावना कायम राखेको छ। शनिबार न्युजिल्यान्डले आफ्नो एकदिवसीय विश्वकप इतिहासकै उच्च स्कोर बनाएपनि वर्षाले खेल प्रभावित बनाएपछि खेल पाकिस्तानले जितेको थियो।

शनिबारको जितसँगै पाकिस्तान अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। फखर जमानले ८१ बलमा अविजित १२६ रन बनाउँदा कप्तान बाबर आजमले ६३ बलमा अविजित ६६ रन बनाए। बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ४ सय १ रन बनाएको थियो।

जवाफमा पाकिस्तानले २१.३ ओभरमा एक विकेट गुमाएर १६० रन बनाउँदा वर्षा भयो। त्यसपछि ४१ ओभरमा ३ सय ४२ रनको लक्ष्य परिमार्जन गरिएको थियो। जहाँ पाकिस्तानी टोलीले १९.३ ओभरमा १८२ रन बनाउनुपर्ने थियो। खेल सुचारु हुँदा पाकिस्तानले अरु ३.३ ओभर खेल्दा विकेट नगुमाई ४० रन बनाएको थियो। तर पुन २५.३ ओभरमा खेल रोकिंदा पाकिस्तानले १ विकेटम क्षतिमा २०० रन बनाएको थियो। त्यसपछि पुन खेल सुरु हुन नसक्दा पाकिस्तानले डिएल म्याथोडमा बाजि मार्‍यो। यो नतिजासँगै दक्षिण अफ्रिका भारत पछि सेमिफाइनल पुग्ने दोस्रो टोली बनेको छ।

त्यसअघि विश्वकपमा सबैभन्दा छिटो शतक प्रहार गर्ने पाकिस्तानी ब्याट्सम्यान बनेकका फखर जमानले पाकिस्तानका लागि सबैभन्दा छिटो शतक बनाउने ब्याट्सम्यान बनेका छन् । उनले ६३ बलमा शतक पूरा गरे। उनले इमरान नाजिरको कीर्तिमान तोडे। इमरानले सन् २००७ मा जिम्बावेविरुद्ध ९५ बलमा शतक बनाएका थिए। फखर जमानले पछिल्लो खेलमा बंगलादेशविरुद्ध ७८ रनको इनिङ खेलेका थिए।

प्रतिक्रिया दिनुहोस्

Array