नेदरल्याण्डसलाई पराजित गर्दै अफगानिस्तान पाँचौं स्थानमा उक्लियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ कार्तिक २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – अफगानिस्तानले जारी क्रिकेट विश्वकपमा चौथो जित हासिल गरेको छ । शुक्रबार सम्पन्न खेलमा नेदरल्याण्डसलाई ७ विकेटले पराजित गर्दै यस विश्वकपमा चौथो जित हासिल गरेको हो ।

नेदरल्याण्डसले दिएको १८० रनको लक्ष्य पछाएको अफगानिस्तानले ३१.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले ४६.३ ओभरमा अल आउट हुदै १७९ रन बनाएको थियो ।

यो जितसँगै अफगानिस्तानको ७ खेलमा ८ अंक भएको छ र अंकतालिकामा पाँचौं स्थानमा उक्लिएको छ । अफगानिस्तान अंक तालिकामा पाकिस्तानलाई उछिन्दै पाँचौं स्थानमा उक्लिएको हो । त्यसैगरी नेदरल्याण्डसको भने यस विश्वकपमा यो पाँचौं हार हो । यो हारपछि नेदरल्याण्डस सेमिफाइनलको दौडबाट लगभग बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array