आइसिसी टि-२० विश्वकप एशिया क्षेत्रको फाइनल छनोट: नेपाल ओमानसँग पाँच रनले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ कार्तिक २०८०, बिहीबार
2 Min Read
Aa

काठमाडौं – आइसिसी टि-२० विश्वकप एशिया क्षेत्रको फाइनल छनोटअन्तर्गत बिहीबार भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको हो। यस जितसँगै ओमान समूह ए को विजेता तथा नेपाल उपविजेता बन्यो। ओमानले दिएको १४६ रनको चुनौती पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ४० रनमा समेटियो।

- Advertisement -
Ad imageAd image

नेपालका विवेक यादवले २४ बलमा ५ छक्कासहित सर्वाधिक ३९ रन बनाए। त्यस्तै, कुशल भुर्तेलले २६ रन बनाए भने करण केसीले १५ रन जोडे। नेपालले सुरुआतदेखि नै लगातार विकेट गुमाएको थियो। आसिफ शेखले पाँच रन जोड्दै आउट भए भने सोमपाल कामी, कप्तान रोहितकुमार पौडेल र सन्दीप जोराले समान १२/१२ रन जोड्दै आउट भए। त्यस्तै गुलशन झाले ३ रन जोडे।

ओमानका विलाल खानले तीन किकेट झारे भने अकिब इलयास, सकिल अहमद र मेहरान खानले समान दुई/दुई विकेट लिए। त्यस्तै कप्तान जिशान मकसुदले एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले व्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै एक सय ४५ रनको योगफल बनाएको थियो। ओमानका लागि जिशान मकसुदले सर्वाधिक ३२ रनको योगदान दिए। उनले २६ बलमा १ चौका र ३ छक्कासहित ३२ रन बनाएका हुन्।

त्यस्तै, नसिम खुसीले २५ रन बनाए भने प्रतीक अथभलले २४,सकिल अहमदले २२ तथा आयान खानले १८ रन बनाए।

नेपालका लागि करण केसीले तीन विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई/दुई विकेट लिए। त्यस्तै, गुलशन झा र अभिनाश बोहोराले समान एक/एक विकेट लिए। नेपालले भोलि हुने सेमिफाइनल खेलमा समूह बी को विजेता युएईसँग खेल्नेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्