विश्वकप क्रिकेटमा पाकिस्तानद्वारा बंगलादेश सात विकेटले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ कार्तिक २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं – विश्वकप अन्तर्गत हिजो भएको खेलमा पाकिस्तानले बंगलादेशलाई सात विकेटले पराजित गरेको छ । यो जितपछि पाकिस्तानले ६ अंक जोड्दै अफगानिस्तानलाई उछिनेर पाँचौं स्थानमा उक्लेको छ ।

लगातार चारवटा खेलमा हार व्यहोरेपछि पाकिस्तानको लागि यो जित निस्केको हो । अब पाकिस्तानको सेमिफाइनल यात्राको सम्भावना सहज बनेको छ । बंगलादेश भने २ अंकसहित नवौं स्थानमा रह्यो । यो हारसंगै बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ ।

जितका लागि २ सय ५ रन पछ्याएको पाकिस्तानले ३२।३ ओभरमा ३ विकेट गुमाएर विजयी रन बनायो । त्यसमा अब्दुल्लाह सफिकले ६८ र फखर जमानले ८१ रन बनाए । त्यस अगाडि पहिले ब्याटिङ गरेको बंगलादेशले ४५।१ ओभरमा सबै विकेट गुमाएर २ सय ४ रन बनाएको थियो ।.

प्रतिक्रिया दिनुहोस्

Array