संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले आज संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ कार्तिक २०८०, मंगलवार
1 Min Read
Aa
dxf;lrj u'6]/]; dGtJo /fVg'x'Fb} nlntk'/, !# sflQs . g]kfn e|d0fdf /xg'ePsf ;+o'Qm /fi6«;ª3sf dxf;lrj PG6f]lgof] u'6]/];nfO{ ;f]daf/ nlntk'/ k'Nrf]sl:yt ;+o'Qm /fi6«;ª3 ejgdf ul/Psf] :jfut sfo{qmddf dGtJo /fVg' x'Fb} . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं – आज बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्दैछन् ।

नेपाल भ्रमणमा रहेका गुटेरेसले आज अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ । बैठक प्रारम्भ भएसँगै गुटेरेसले सम्बोधन गर्ने कार्यसूची छ । उनको सम्बोधनलगत्तै सोही बैठकले महासचिव गुटेरेसलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ ।

- Advertisement -
Ad image

महासचिव गुटेरेसको सम्बोधनको संघीय संसद् सचिवालयले नियमित बैठकहरूको जस्तै अभिलेख राख्नेछ । बैठकको तयारी अन्तिम चरणमा पुगिसकेको संसद् सचिवालयले जनाएको छ । बिहान १० बजेसम्म साजसज्जालगायत सबै तयारी सकिने सचिवालयले बताएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्