महासचिव गुटेरेसको सम्मानमा प्रधानमन्त्री प्रचण्डको रात्रीभोज

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ कार्तिक २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं – नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस रात्रीभोजमा सहभागी भएका छन्।

गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रात्रीभोज आयोजना गरेका हुन्। रात्रीभोजमा नेपाल सरकारका मन्त्री, राजनीतिक दलका प्रतिनिधि, सरकारी कर्मचारी लगायत विभिन्न नियोगका उच्च पदस्थहरूको सहभागीता छ।

- Advertisement -
Ad imageAd image
गुटेरेस प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणमा आइतबार बिहान १ बजे काठमाडौं आइपुगेका हुन्। उनी आइतबार दिनभर उच्चस्तरीय भेटवार्तामा सरिक भएका थिए।

चारदिने नेपाल बसाइका क्रममा उनी लुम्बिनी, सगरमाथाको बेसक्याम्प नाम्चे, अन्नपूर्ण हिमाल लगायतका क्षेत्रमा पुग्ने कार्यक्रम तय भएको छ।

साथै, उनले संघीय संसद्मा पनि सम्बोधन गर्ने कार्यसूची छ।

आइतबार साँझ गुटेरेसको स्वागतमा अयोजित रात्रीभोजका केही तस्बिरः

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्