शितल निवासमा राष्ट्रपति पौडेल र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ कार्तिक २०८०, आईतवार
1 Min Read
Aa
?????????? ????????? ???????? ?????? ???? ??????? ????????? ????????? ?????????? ??????? ????????????? ??????? ????????? ???????? ??????? ???? ??????? / ????

काठमाण्डौ – नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

आइतबार महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति पौडेलसँग शितल निवासमा शिष्टाचार भेटवार्ता गरेका हुन् ।

राष्ट्रपतिसँग भेट्नुअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन् ।

त्यस्तै उनले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array