एकदिवसीय विश्वकपमा नेदरल्यान्ड्सको दोस्रो जित, बंगलादेश ८७ रनले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ कार्तिक २०८०, आईतवार
1 Min Read
Aa

काठमाण्डौ – एकदिवसीय विश्वकप क्रिकेटक प्रतियोगितामा नेदरल्यान्ड्सले प्रतियोगितामा दोस्रो जित हासिल गरेको छ। कोलकातामा भएको खेलमा डच टोलीले बंगलादेशलाई ८७ रनले पराजित गरेको हो। यसअघि नेदरल्याण्डले दक्षिण अफ्रिकालाई हराउँदै सनसनि मच्चाएको थियो।

दोस्रो जितसँगै नेदरल्याण्ड्सले प्रतियोगितामा साविक विजेता इंग्ल्याण्डभन्दा धेरै खेलमा जित हासिल गरेको छ। इंग्ल्याण्डले अहिलेसम्म एक खेल मात्र जितेको छ र अंक तालिकाको १० औं स्थानमा रहेको छ।

- Advertisement -
Ad image

इडेन गार्डेन रंगशालामा नेदरल्याण्ड्सले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा २ सय २९ रन बनाएको थियो, जवाफमा बंगलादेशको ४२.२ ओभरमा १ सय ४२ रनमा समेटियो। नेदरल्याण्ड्सका कप्तान स्कट एडवर्ड्सले ६८ रन बनाए भने पल भान मिकरेनले ४ विकेट लिए। मीकरनले प्लेयर अफ द म्याच घोषित भए। बंगलादेशका लागि मेहिदी हसन मिराजको ३५ रन सर्विधक रह्यो।

डच टोली दुई जितसहित ४ अङ्कका साथ ८ औं स्थानमा रहँदा ६ मध्ये ५ खेलमा हार बेहोरेको बंगलादेश २ अंकसहित ९ नम्बरमा झर्‍यो। त्यस्तै साविक विश्व विजेता इंगल्यान्ड २ अङ्कका साथ अङ्क तालिकाको पुछारमा झर्‍यो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्