एकदिवसीय विश्वकप: विलियमसनको सानदार पुनरागमनमा न्युजिल्यान्डको तेस्रो जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ आश्विन २०८०, शनिबार
2 Min Read
Aa

काठमाडौं – एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डले लगातार तेस्रो जित हासिल गरेको छ। शुक्रबार भएको खेलमा बंगलादेशलाई ८ विकेटले पराजित गर्दै न्युजिल्यान्डले तेस्रो जित निकाल्यो।

चेन्नईको एमए चिदम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४५ रन बनाएको थियो।जवाफमा उक्त लक्ष्य न्युजिल्यान्डले ४३ बल अगाडिनै २ विकेट गुमाएर पुरा गरेको थियो।

- Advertisement -
Ad imageAd image

न्युजिल्यान्डको कसिलो बलिङ सामु खुलेर खेल्न नसकेको बंगलादेशका लागि मुस्फिकर रहिमले ६६ रन बनाउनु एक मात्र अर्धशतकीय इनिङमा रुपमा रह्यो। त्यस्तै कप्तान सकिब अल हसनले ४० र महमुदुल्लाहले ४१ रन बनाएका थिए।थप दोहोरो स्कोरका रुपमा तोहिद ह्रदोयीले १३ रन जोड्दा तस्कीन अहमेदले १७ रन बनाए। त्यस्तै मेहिदी हसन मिराजले ३० रन बनाउँदा तजिद हसनले १६ रन बनाएका थिए।

न्युजिल्यान्डका लागि लक्की फर्गुसनले ३ विकेट लिंदा ट्रेन्ट बोल्ट र म्याट हेनरीले समान २-२ विकेट लिए। त्यस्तै मिचेल स्यान्टनर र ग्लेन फिलिप्सले समान १-१ विकेट लिएका थिए।

२ सय ४६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डका लागि कप्तान केन विलियमसनले ६ महिना पछि सानदार पुनरागमन गरे। उनी १०७ बलमा ७८ रन बनाउँदा रिटायर्ड हर्ट भएका थिए। त्यस्तै ड्यारीयल मिचेल ८९ रनमा अविजित रहँदा डेभन कन्वेले ४५ रन बनाए। त्यस्तै ग्लेन फ्लिप्स १६ रनमा अविजित रहे। बंगलादेशका लागि मुस्ताफिजुर रहमान र सकिव अल हसनले समान १-१ विकेट लिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्