रोहितको कीर्तिमानी शतकमा अफगानिस्तानमाथि भारतको सानदार जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ आश्विन २०८०, बिहीबार
4 Min Read
Aa

काठमाडौं – भारतले एकदिवसीय विश्वकपमा लगातार दोस्रो खेलमा जित निकालेको छ। बुधबार भएको खेलमा घरेलु टोली भारतले अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै दोस्रो जित आत्मासाथ गरेको हो।

बुधबार अरुण जेट्ली स्टेडियममा अफगानिसत्नले पहिले ब्याटिङ गर्दै ८ विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। भारतले उक्त लक्ष्य ३५ ओभरमानै पुरा गरेको थियो। भारतको जितमा कप्तान रोहित शर्माले ६३ बलमानै शतक प्रहार गरे। उनले १ सय ३१ रनको इनिङ खेलेका थिए।

रोहित शर्माले अफगानिस्तान विरुद्ध ६३ बलमा शतक प्रहार गरेसँगै विश्वकपमा सातौं शतक प्रहार गर्ने पहिलो खेलाडी बने। उनी अघि सचिन तेन्दुलकरले ६ शतक प्रहार गरेका थिए। सचिनको नाममा ४४ इनिङमा ६ शतक रहेको छ। रोहितले २०१५ मा एक शतक प्रहार गर्दा २०१९ मा ५ शतक प्रहार गरेका थिए। यो रोहितको एकदिवसीय करिअरमा भने ३१ औं शतक हो।

भारतका लागि विराट कोहली ५५ रनमा अविजित रहे। त्यस्तै इशान किशन ४७ रनमा आउट हुँदा श्रेयस अय्यरले २५ रन बनायो। अफगानिस्तानका लागि रसिद खानले २ विकेट रह्यो।

त्यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७२ रन बनाएको थियो। उसका लागि कप्तान हस्मतुल्लाह साहीदीले ८० रनको इनिङ खेल्दा अजमतुल्लाह ओमारजाईले ६२ रन बनाए। त्यस्तै रमनुल्लाह गुर्वाजले २१ रन बनाउँदा इब्राहीम जद्रानले २२ रन बनाए। साथै रहमत साहले १६ रन बनाउँदा रसिद खानले पनि १६ रन बनाए। त्यस्तै मुजिव उर रहमानले १० रन बनाए।

भारतका लागि जसप्रित बुमराहले ४ विकेट लिंदा हार्दीक पाण्ड्याले २ तथा कुलदीप यादव र सार्दुल ठाकुरले समान १-१ विकेट लिए।

ले एकदिवसीय विश्वकपमा लगातार दोस्रो खेलमा जित निकालेको छ। बुधबार भएको खेलमा घरेलु टोली भारतले अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै दोस्रो जित आत्मासाथ गरेको हो।

बुधबार अरुण जेट्ली स्टेडियममा अफगानिसत्नले पहिले ब्याटिङ गर्दै ८ विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। भारतले उक्त लक्ष्य ३५ ओभरमानै पुरा गरेको थियो। भारतको जितमा कप्तान रोहित शर्माले ६३ बलमानै शतक प्रहार गरे। उनले १ सय ३१ रनको इनिङ खेलेका थिए।

रोहित शर्माले अफगानिस्तान विरुद्ध ६३ बलमा शतक प्रहार गरेसँगै विश्वकपमा सातौं शतक प्रहार गर्ने पहिलो खेलाडी बने। उनी अघि सचिन तेन्दुलकरले ६ शतक प्रहार गरेका थिए। सचिनको नाममा ४४ इनिङमा ६ शतक रहेको छ। रोहितले २०१५ मा एक शतक प्रहार गर्दा २०१९ मा ५ शतक प्रहार गरेका थिए। यो रोहितको एकदिवसीय करिअरमा भने ३१ औं शतक हो।

भारतका लागि विराट कोहली ५५ रनमा अविजित रहे। त्यस्तै इशान किशन ४७ रनमा आउट हुँदा श्रेयस अय्यरले २५ रन बनायो। अफगानिस्तानका लागि रसिद खानले २ विकेट रह्यो।

त्यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७२ रन बनाएको थियो। उसका लागि कप्तान हस्मतुल्लाह साहीदीले ८० रनको इनिङ खेल्दा अजमतुल्लाह ओमारजाईले ६२ रन बनाए। त्यस्तै रमनुल्लाह गुर्वाजले २१ रन बनाउँदा इब्राहीम जद्रानले २२ रन बनाए। साथै रहमत साहले १६ रन बनाउँदा रसिद खानले पनि १६ रन बनाए। त्यस्तै मुजिव उर रहमानले १० रन बनाए।

भारतका लागि जसप्रित बुमराहले ४ विकेट लिंदा हार्दीक पाण्ड्याले २ तथा कुलदीप यादव र सार्दुल ठाकुरले समान १-१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

Array