विश्वकप इतिहासमा एकै इनिङमा ४ शतक: पाकिस्तानद्वारा श्रीलंका ६ विकेटले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ आश्विन २०८०, बुधबार
3 Min Read
Aa

काठमाण्डौ – एकदिवसीय विश्वकपमा पाकिस्तानले कीर्तिमानी रनचेज गर्दै लगातार दोस्रो जित हासिल गरेको छ। मंगलबार भएको खेलमा श्रीलंकाले दिएको ३ सय ४५ रनको लक्ष्य पाकिस्तानले १० बल बाँकी हुँदै ४ विकेट गुमाएर पुरा गरेको थियो। एकदिवसीय विश्वकप इतिहासमा यो सर्वाधिक उच्च रन चेजको कीर्तिमान हो।

पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हराएसँगै विश्वकपमा लगातार दोस्रो जित हासिल गर्‍यो। श्रीलंकाको भने यो लगातार दोस्रो हार हो। यसअघि श्रीलंका दक्षिण अफ्रिकासँग पराजित भएको थियो। पाकिस्तानले भने पहिलो खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेको थियो।

यसअघि सर्वाधिक रन चेजको कीर्तिमान आयरल्यान्डको नाममा रहेको थियो। आयरल्यान्डले २०११ को विश्वकपमा बैंगलोरमा भएको खेलमा इंग्ल्यान्ड विरुद्ध ३ सय २९ रन चेज गर्दै विश्वकप इतिहासको सर्वाधिक उच्च रन चेजको कीर्तिमान बनाएको थियो।

यस्ता बने पाकिस्तान र श्रीलंका बिचको खेलमा रेकर्ड

एकै खेलमा ४ शतक:विश्वकपमा पहिलो पटक एकै खेलमा ४ शतक प्रहार भए। श्रीलंकाका कुशल मेन्डिस र सदीरा समरविक्रमाले सेन्चुरी प्रहार गर्दै टिमलाई उच्च स्कोरमा पुर्याए जवाफमा पाकिस्तानका अब्दुल्लाह शफीक र मोहम्मद रिजवानले शतक प्रहार गरे। विश्वकपमा यस्तो पहिलो पटक भएको हो। यसअघि ३ शतक सम्म प्रहार भएका थिए।

विश्वकपमा सर्वाधिक रन चेज: पाकिस्तानले एकदिवसीय विश्वकपमा सर्वाधिक उच्च रन चेज गरेको छ। यसअघि आयरल्यान्डले इंग्ल्यान्ड विरुद्ध २०११ मा ३ सय २९ रनको लक्ष्य चेज गरेको थियो। पाकिस्तानले यसअघि सर्वाधिक रनका रुपमा १९९२ मा २ सय ६४ रनको लक्ष्य चेज गरेको थियो।

मेन्डिसले प्रहार गरे श्रीलंकाका लागि सर्वाधिक चाँडो शतक: कुशल मेन्डीसले पाकिस्तान विरुद्ध ६५ बलमानै शतक प्रहार गरे। यो सँगै उनी विश्वकपमा श्रीलंकाका लागि सर्वाधिक चाँडो शतक प्रहार गर्ने खेलाडी बने। उनले कुमारा सांगाकारको रेकर्ड तोडे। सांगाकाराले २०१५ मा इंग्ल्यान्ड विरुद्ध ७० बलमा शतक प्रहार गरेका थिए।

दुबै टिमको सानदार प्रदर्शन

एतिहासिक रन चेजसँगै पाकिस्तानले लगातार दोस्रो जित हासिल गरेको छ। पाकिस्तानले उच्च लक्ष्य पछ्याउने क्रममा ३७ रन जोड्दा २ विकेट गुमाएपनि त्यसपछि क्रिजमा आएका मोहम्मद रिजवान र अब्दुल्लाह शफीकको शतकले पाकिस्तानले सनसनिपूर्ण जित आत्मासाथ गर्‍यो। यि दुई बिच तेस्रो विकेटका लागि १ सय ७६ रनको साझेदारी गर्दै टिमलाई जित तर्फ अगाडि बढाएका थिए।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ३ सय ४४ रन बनाएको थियो। उसका लागि कुशल मेन्डीसले १ सय २२ तथा सदिरा समराविक्रमले १०८ रनको सानदार शतकीय इनिङ खेल्दै पाकिस्तान समक्ष कीर्तिमानी लक्ष्य प्रस्तुत गरेका थिए। पाकिस्तानका लागि हसन अलीले ४ विकेट लिंदा हरिस रउफले २ विकेट लिए।

जवाफमा पाकिस्तानले ४८.२ ओभरमा लक्ष्य पुरा गरेको थियो। उसक लागि मोहम्मद रिजवान १ सय २१ बलमा १ सय ३१ रनमा अविजित रहे। उनले आफ्नो एकदिवसीय अन्तराष्ट्रिय करिअरमा तेस्रो शतक प्रहार गर्दा विश्वकपमा भने उनको यो पहिलो शतक हो। ब्याटिङका दौरान इन्जुरीसंघ संघर्ष गरेका रिजवानले अन्तिम सम्म संघर्ष गर्दे टिमको जित निश्चित गरेका थिए।

त्यस्तै अब्दुल्लाह शफीकले एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक बनाए। उनी १०३ बलमा १ सय १३ रन बनाएर आउट भएका थिए।

प्रतिक्रिया दिनुहोस्

Array