काठमाण्डौ – एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्यान्डले दोस्रो खेलमा पहिलो जित निकालेको छ। आइतबार धर्मशालामा भएको खेलमा इंग्ल्यान्डले बंगलादेशलाई १ सय ३७ रनले पराजित गर्दै पहिलो जित निकालेको हो। यसअघि आफ्नो पहिलो खेलमा इंग्ल्यान्ड न्युजिल्यान्डसँग पराजित भएको थियो भने बंगलादेशले अफगानिस्तानलाई हराएको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ६४ रन बनाएको थियो। जवाफमा बंगलादेश ४८.२ ओभरमा अलआउट हुँदै २ सय २७ रनमा समेटियो। बंगलादेशका लागि लिटन दाशले ७६ रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै मुस्फिकर रहिमले ५१ रन बनाएका थिए। थप दोहोरो स्कोरका रुपमा टोहिडी हृदोयीले ३९ रन बनाउँदा मेहिदी हसनले १४ तथा तस्किन अहमेदले १५ रन बनाउँदा स्वर्फुल इस्लामले १२ रन बनाएका थिए।
इंग्ल्यान्डका लागि रेसी टोप्लीले ४ विकेट लिंदा क्रिश वक्सले २ तथा साम कुरान, मार्क वुड, आदिल रसिद र लियम लिभिङस्टोनले समान १-१ विकेट लिएका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यन्डका लागि डेभिड मलानले सर्वाधिक १ सय ४० रनको सानदार शतकीय इनिङ खेले। त्यस्तै जो रुटले ८२ रन बनाउँदा जोनी बेयरस्टोले ५२ रनको इनिङ खेलेका थिए। थप दोहोरो स्कोरका रुपमा कप्तान जोस बटलर र ह्यारी ब्रुक्सले समान २०-२० रन बनाउँदा साम करन र अदिल रसिदले ११-११ रन बनाए। त्यस्तै क्रिश वक्सले १४ रन बनाएका थिए।


प्रतिक्रिया दिनुहोस्