एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डको लगातार दोस्रो जित, नेदरल्यान्ड्स फराकिलो अन्तरले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ आश्विन २०८०, मंगलवार
1 Min Read
Aa

काठमाण्डौ – एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डले लगातार दोस्रो निकालेको छ। हैदराबादमा भएको खेलमा मिचेल स्यान्टनरको अलराउन्डर प्रदर्शनमा न्युजिल्यान्डले नेदरल्यान्ड्सलाई ९९ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २२ रन बनाएको थियो। उसका लागि विल योङले सर्वाधिक ७० रन बनाउँदा कप्तान टोम लाथमले ५३ तथा रचिन रवीन्द्रले ५१ रनको अर्धशतकीय इनिङ खेले। थप दोहोरो रनको स्कोरका रुपमा डेभोन कन्वेले ३२ रन बनाउँदा ड्यारी मिचेलले ४८ रन बनाए। त्यस्तै मिचेल स्यान्टनर ३६ रनमा अविजित रहँदा उनलाई मेट हेनरीले १० रन बनाएर साथ दिए।

३ सय २३ रनको लक्ष्य पछ्याएको ४६.३ ओभरमा अलआट हुँदै २ सय २३ रनमा समेटियो। उसका लागि कोलिन अकेरमनले ६९ रन बनाउँदा कप्तान स्कट एडवार्डले ३० रन बनाए। अन्य खेलाडीले भने गतिलो प्रदर्शन गर्न सकेनन्। न्युजिल्यान्डका लागि मिचेल स्यान्टनरले ५ विकेट लिँदा मेट हेनरीले ३ तथा रचिन रविन्द्रले १ विकेट लिए।

नेदरल्यान्ड्सको यो प्रतियोगितामा लगातार दोस्रो हार हो। यसअघि नेदरल्यान्ड्स पाकिस्तानसँग ८१ रनले पराजित भएको थियो। न्युजिल्यान्डको भने यो दोस्रो जित हो। यसअघि पहिलो खेलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई ९ विकेटले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

Array