नेपालगञ्जमा आजदेखि बिहान ९ बजेबाट निषेधाज्ञा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० आश्विन २०८०, शनिबार
1 Min Read
Aa

नेपालगञ्ज – नेपालगञ्जमा कर्फ्यु र निषेधाज्ञालाई खुकुलाे पारिएको छ। शनिबार बिहान ६ देखि ९ बजेसम्म निषेधाज्ञासमेत हटाइएकाे छ।

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जारी गरेकाे आदेशमा आज बिहान ९ बजेदेखि बेलुका ८ बजेसम्म निषेधाज्ञा लगाइएकाे छ। यसअघि बिहान ६ बजेदेखि राति ८ बजेसम्म निषेधाज्ञा लगाउने गरिएकाे थियाे।

- Advertisement -
Ad imageAd image

आजदेखि बेलुका ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु रहने प्रशासनले जनाएकाे छ। गत मंगलबार एकाएक नेपालगञ्ज अशान्त भएपछि प्रशासनले दिउँसाे निषेधाज्ञा र रातिमा कर्फ्यु लगाउँदै आएकाे छ।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्