सिरहामा यात्रुबाहक बस दुर्घटना हुँदा दुईको मृत्यु, २५ जना घाइते

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ आश्विन २०८०, आईतवार
1 Min Read
Aa

काठमाण्डौ – सिरहामा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना यात्रु घाइते भएका छन् ।

आइतबार दिउँसो सप्तरीको राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको यात्रुबाहक बस स्प्रिङ पट्टा भाँचिएर मिर्चैयाको मारुती सिमेन्ट फ्याक्ट्री नजिक अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएकाे छ ।

यस्तै बसमा सवार २५ जना यात्रुहरू घाइते भएका छन् । घाइते भएका उनीहरूको गोलबजार स्थित हस्पिटलहरुमा उपचार भइरहेको डिएसपी बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array