एसियाली खेलकुदः महिला फुटबलमा नेपाल जापानसँग ८–०ले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ आश्विन २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं – चीनको हान्झाउमा जारी १९औं एसियन गेम्स अन्तर्गत महिला फुटबलमा नेपाल जापानसँग पराजित भएको छ । सोमबार भएको खेलमा नेपाल जापानसँग ८–० ले पराजित हुँदै लगातार दोस्रो हार व्यहोरेको हो ।

योसँगै नेपाल एसियन गेम्सको समूह चरणबाटै बाहिरिएको छ । यसअघि पहिलो खेलमा नेपाल भियतनामसँग २–० ले पराजित भएको थियो । पहिलो हाफमा ५ गोल खाएको नेपालले दोस्रो हाफमा थप तीन गोल खाएको थियो ।

खेलको तेस्रो मिनेटमा शिओकोशी योजुहोको गोलबाट जापानले अग्रता बनाएको थियो । यामामोटो योजोसोले १४ औं मिनेटमा जापानको अग्रता दोब्बर बनाईन् । जापानका लागि खेलको २७ औं, ३० औं र ३६ औं मिनेटमा युएनओ मामी, वाकिसाका रिना र ओसावा हारुकाले क्रमश गोल गर्दै पहिलो हाफमा ५–० को अग्रता दिलाए ।

दोस्रो हाफको ६० औं मिनेटमा साकाकिबारा कोतोनोले गोल गर्दै जापानलाई ६–० को अवस्थामा पुर्याईन् । ओसावा हारुकाले ब्यक्तिगत दोस्रो गोल गर्दै जापानको गोल अन्तर बढाउने काम गरिन् । इन्जुरी समयमा हिजिकाटा मायाले गोल गर्दै जापानलाई ८–० को शानदार जित दिलाईन् ।

नेपाल समूह चरणको अन्तिम खेलमा अब बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array