पारस खड्का नेपाल क्रिकेट संघको सचिवमा निर्वाचित, यस्तो बन्यो नेपाल क्रिकेट संघको नयाँ टीम

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ आश्विन २०८०, शनिबार
1 Min Read
Aa

काठमाण्डौ – नेपाल क्रिकेट संघ क्यानको सचिव पारस खड्का निर्वाचित भएका छन् । । शनिबार क्यानको निर्वाचनमा अर्का प्रत्यासी प्रशान्त बिक्रम मल्ललाई पराजित गर्दै खड्का सचिवमा निर्वाचित भएका हुन् ।

अन्तिम मत परिणाम अनुसार पारसले ४८ मत प्राप्त गरे भने अर्का प्रत्यासी प्रशान्तले ३७ मत प्राप्त गरे । दुई वर्षअघि क्रिकेटको ब्यवस्थापनमा आउने उद्घोष सहित पारसले सक्रिय क्रिकेटबाट सन्यास लिएका थिए । पराजित प्रशान्त क्यानका पूर्व कार्यवहाक सचिव थिए । विवादास्पद नेपाल टी ट्वान्टी लिगको आयोजना पश्चात उनले सचिव पदबाट राजीनामा दिएका थिए । सचिवमा निर्वाचित भएपछि पारसले क्रिकेटका राम्रा र नराम्रा पक्षलाई एकठाउमा ल्याएर यस क्षेत्रलाई संस्थागत रुपमा अघि बढाउन भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए ।

क्यानको अध्यक्षमा चुतरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भए । महिला सदस्यमा जयन्तीदेवी भट्ट र प्रदेशबाट निर्वाचित हुने कार्यसमिति सदस्यमा कर्णालीबाट श्रीधर केसी, लुम्बिनीबाट प्रदिप मजगैया निर्विरोध रहे ।

त्यस्तै खुल्ला सदस्यमा धिरेन्द्र सावद, दुर्गा पाठक, आयुस श्रेष्ठ, विरेन्द्र चन्द , करन महत्रा क्षेत्री भए । त्यस्तै खुल्ला सदस्यमा महत्रा र ऋषि गौतमले समान २६ मत प्राप्त गरेपछि गोलाप्रथाबाट महत्रा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array