आसिफ र सोमपालको उत्कृष्ट प्रदर्शनमा नेपालले दियो भारतलाई २३१ रनको सम्मानजनक लक्ष्य

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ भाद्र २०८०, सोमबार
1 Min Read
Aa

काठमाण्डौ – एसिया कप क्रिकेट २०२३ अन्तर्गत नेपालले आफ्नो दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भारतलाई जितका लागि २३१ रनको समानाजनक लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २ सय ३० रन जोड्यो । नेपालको पालीमा आसिफ शेखले ५८, सोमपाल कामीले ४८, कुशल भुर्तेलले ३८ र दीपेन्द्रसिंह ऐरीले २९ रन बनाए। गुल्सन झाले पनि २३ रन जोडे ।

नेपालले पहिलो विकेटका लागि ९.५ ओभरमा ६५ रनको साझेदारी गरेको थियो। त्यसपछि १०१-४ को अवस्थामा पुगेको नेपाललाई आसिफ,गुल्सन, दीपेन्द्र र सोमपालले उद्धार गरेका हुन्। सोमपालले सातौँ विकेटका लागि दीपेन्द्रसिंह ऐरीसँग ५० र आठौँ विकेटका लागि सन्दीप लामिछानेसँग ३४ रनको साझेदारी गरे।

भारतका रविन्द्र जडेजा र मोहम्मद सिराजले समान तीन विकेट लिए । हार्दिक पन्ड्या, शार्दूल ठाकुर र मोहम्मद सामीले समान एक विकेट लिए । एसिया कपमा यसै संस्करणबाट ‘डेब्यू’ गरेको नेपाली टिमले सन् १९८३ र २०११ को विश्वकप विजेता समेत रहेको भारतविरुद्ध पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धाका लागि उत्रिएको हो ।

आजको खेल जिते नेपाली क्रिकेटले नयाँ इतिहास रच्दै एसिया कपको ‘सुपर फोर’मा स्थान बनाउनेछ । सुपर फोरमा प्रवेशका लागि भारतमाथि आज जित्नै पर्ने दबाब छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array