नेपाल र भारतको खेल पनि हुन सक्छ रद्द हुने सम्भावना, पानी पर्ने सम्भावना ८९ प्रतिशत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ भाद्र २०८०, सोमबार
2 Min Read
Aa

काठमाण्डौ – एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीचको खेलमा पनि वर्षा बाधक बन्ने सम्भावना देखिएको छ। श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले स्टेडियममा भारत र नेपालबीच सोमबार समूह चरणको अन्तिम खेलमा भिडन्त हुँदैछ।

नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि हुने उक्त खेलको समय पनि क्रिकेट स्टेडियम क्षेत्र बादलले ढाक्ने देखिएको छ।

- Advertisement -
Ad imageAd image

मौसमविदहरुले उक्त समयमा पानी पर्ने सम्भावना ८९ प्रतिशत रहेको जनाएका छन्। स्टेडियम क्षेत्रको तापक्रम २१ देखि २७ डिग्री सेल्सियससम्म रहन सक्नेछ। यसै स्टेडियममा शनिबार भएको भारत र पाकिस्तानबीचको खेल पनि मध्यराति वर्षात्का कारण रद्द भएको थियो।

उक्त खेलमा पनि वर्षका कारण केवल एक मात्रै पारी सम्भव भएको थियो। अर्कातिर दोस्रो पारीको एकै बल नखेली खेल रद्द भयो। भारतले टस जितेर पूरै ओभर खेल्न नपाई २६६ रनमा समेटिएको थियो।

श्रीलंकाको मौसम विभागका अनुसार सोमबार क्यान्डीमा बिहान ८ बजेदेखि नै पानी पर्ने पूर्वानुमान छ। पानी पर्ने र रहने क्रम मध्यरातिसम्म चल्न सक्नेछ। अर्कातिर खेलको समय दिउँसो २ बजेदेखि पानी पर्न सक्नेछ। भारत र नेपालको खेल भारतीय समयानुसार दिउँसो ३ बजे र नेपाली समयानुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ। टस भने दिउँसो साढे २ बजे गरिनेछ।

यदि सोमबार भारत र नेपाल बीच हुने खेल रद्द भएमा भारत सुपर फोरमा जाने छ। नेपालले आफ्नो पहिलो खेल पाकिस्तानलाई सुम्पिएको थियो। यस्तोमा अहिले नेपाल समूह चरणको अन्तिममा रहेको छ। भारत र पाकिस्तानको खेल रद्द हुँदा उनीहरुले १/१ अंक बाँडेका छन्।

उता समूह ए को अंकतालिकामा पाकिस्तान ३ अंकसहित अगाडि छ। उसले सुपर फोरको यात्रा तय गरिसकेको छ। भारत दोस्रो नम्बरमा छ। नेपालसँगको खेल रद्द भए पनि यसको २ अंक हुनेछ। उता नेपाल १ अंकसहित घर फर्किनेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्