एसिया कपमा नेपालले सुरुवातमा नै लगातार तेस्रो विकेट गुमाएको छ। नेपालले दोस्रो ओभरमा नै दुई विकेट गुमाएको हो। ओभरको पाँचौं बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले अन्तिम बलमा कप्तान रोहित पौडेललाई गुमाएको हो।
ओभरको सुरुवाती दुई बलमा लगातार चौका प्रहार गरेका भुर्तेल ओभरको पाँचौं बलमा शहिन शा अप्रिदीको बलमा विकेट किपर मोहम्मद रिजवानको हातबाट क्याच आउट भए।
कप्तान रोहित अफ्रिदी कै बलमा शून्य रनमा एलबीडब्लु धरापमा परे। दोस्रो ओभरको चौथो बलमा ओपनर आशिफ शेख ५ रन बनाउँदा नसिम शाहको बलमा इफिखार अहमदको हातबाट क्याच आउट भए।
नेपालले दोस्रो ओभर जारी रहँदा ३ विकेट गुमाएर १४ रन बनाएर खेलिरहेको छ। पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको छ।


प्रतिक्रिया दिनुहोस्