एसिया कप खेल्न पाकिस्तान पुग्यो नेपाली टोली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ भाद्र २०८०, बुधबार
1 Min Read
Aa

नेपाली राष्ट्रिय क्रिकेट टोली एसिया कप क्रिकेट खेल्न पाकिस्तान प्रस्थान गरेको छ । भदौ १३ गतेदेखि पाकिस्तान र श्रीलङ्कामा हुने एसिया कप क्रिकेट खेल्न नेपाली टोली गएराति पाकिस्तान प्रस्थान गरेको हो ।

टोलीमा सन्दीप लामिछाने भने छैनन् । नेपालले एसिया कप अघि पाकिस्तानमा अभ्यास खेल खेल्नेछ । पहिलोपटक एसिया कप खेल्न लागेको नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् ।

त्यस्तै समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान रहेका छन् । नेपालले भदौ १३ गते पाकिस्तानसँग खेल्नेछ । दोस्रो खेल १८ गते भारतसँग श्रीलंकामा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array