कांग्रेस नेता डा. शेखर कोइरालाले केन्द्रीय कारागार पुगेर भेटे शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ श्रावण २०८०, बुधबार
1 Min Read
Aa

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई केन्द्रीय कारागार सुन्धारा पुगेर भेटेका छन्। बुधबार दिउँसो ३ बजेदेखि करिब एक घण्टासम्म कारागार परिसरमा दुई नेताबीच कुराकानी भएको छ।

कांग्रेसको इत्तर समूहका नेता कोइरालाले सभापति शेरबहादुर देउवानिकट खाणलाई जेलमा पुगेर भेट्नुलाई अर्थपूर्ण भनिएको छ।

खाँणले आफूलाई रिहा गर्न माग गरेको निवेदनमा उच्च अदालत पाटनमा पेसी चढेर सुनुवाइ तयारी हुँदै गर्दा दुई नेताबीच संवाद भएको हो। तर दुई नेताबीचको कुराकानीबारे केही पनि बाहिर आएको छैन।

यसअघि उच्च अदालतले खाणको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशको कैफियत प्रतिवेदन झिकाइसकेको छ।

जिल्लाले पनि उक्त आदेशको कैफियत प्रतिवेदन उच्च अदालतमा पठाइसकेको छ।

अब उच्च अदालतले खाणलाई रिहा गर्ने कि जिल्लाकै आदेश सदर गरेर थुनामै राख्ने निर्णय लिन बाँकी छ।

कांग्रेसको १४ औँ महाधिवेशनमा कोइराला सभापतिका प्रत्यासी थिए। उता केन्द्रीय सदस्यमा मात्रै उठेका खाण भने सभापति देउवाको पक्षमा थिए।

प्रतिक्रिया दिनुहोस्

Array