साउन २२ गते सोमबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ श्रावण २०८०, सोमबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

श्री शाके १९४५ वर्षा ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० श्रावण २२ गते सोमबार तदनुसार सन् २०२३ अगस्त ७ तारिख अधिक श्रावण कृष्णपक्ष षष्ठी तिथि रेवती नक्षत्र ८ः२ पर अश्विनी नक्षत्र शूल योग भद्रा करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा मीन राशिमा ८ः०२ बजेसम्म त्यसपछि मेष राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः३० मा भयो र सूर्यास्त साँझ १८ः४७ बजे हुनेछ । अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिने दिन छ । हातमा आएको प्रतिफल गुम्न सक्ने योग रहेकोले धैर्यले काम लिनुहोला । टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ । चुनौतीपूर्ण र अप्ठ्यारा परिस्थितिको सामना गर्नपर्ने समय छ । आरोग्यता बढ्ने र यात्रा सफल रहने छ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): अनुकूलता र आरोग्यता बढ्नेछ । आजको दिन केही खर्चालु हुन सक्छ, तर दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्ला । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । व्यवसायमा फाइदै हुनेछ । तर, यात्रामा धनमाल हराउन सक्ने योग रहेकोले सचेत रहनु हितकर होला । सन्तानसुख मिल्नेछ । मिठो भोजन प्राप्ति हुने समय छ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने समय छ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । पतिपत्नीमा अविश्वास बढ्ने योग रहेकोले सावधान रहनुहोला । कतै आतिथ्यपूर्ण सम्मान पाइने सम्भावना छ । छिमेकीसँगको विवादबाट बच्न सावधानी अपनाउनुहोला । आशा उत्साह बढ्ने दिन छ । प्रयासरत काम बन्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कर्मबल वृद्धि हुनेछ । सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् भने बन्धुबान्धवबीच आत्मीय भाव बढ्नेछ । मातृधनबाट लाभ मिल्ला । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्ला । यात्रा सफल रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अनुकूलता बढ्नेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने समय छ । नयाँ काम र जिम्मेवारी हात पार्न सकिएला । व्यवसायमा राम्रै फाइदा हुनेछ । शोख पूरा गर्नमा केही खर्च बढ्ने योग छ । खेलकुद, भ्रमणका साथै रसरागप्रति आकर्षण बढ्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दौडधुप बढे पनि लगनशीलताले कीर्तिमानी दिलाउने समय छ । शत्रु र रोगबाट छुटकारा मिल्नेछ । मुद्दामामिलामा विजयी भइएला । प्रेमको बन्धन कसिनेछ । तपाईंबाट समुदायको भलाइ हुने काम हुनेछ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । खासगरी आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन कीर्तिमानी काम गर्ने अवसर प्राप्त होला । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । सन्तान वा अनुयायीले प्रशन्नता दिलाउनेछन् । आरोग्यता बढ्नेछ । मान सम्मानमा निरन्तर बढोत्तरी होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समय केही चुनौतीपूर्ण छ । विश्वासमा पारेर धोका दिन सक्ने पात्र सक्रिय हुनसक्ने समय छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । बाध्यतापूर्ण कामको बोझ थपिन सक्छ । केही विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेत रहनुहोला । आरोग्यता बढ्नेछ भने मिठो भोजन प्राप्त होला । कर्ममा सफल साबित हुनुहुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आश मारेको कामले उत्साह जगाए पनि आजको दिन गोपनियतामा विशेष ध्यान दिनु हितकर होला । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । प्रेमभावका साथै दायित्व बढ्नेछ । साहस पनि वृद्धि होला । धनको आगमन भइरहनेछ । दैनिक काममा सफलता मिल्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने योग छ । स्वास्थ्य सबल रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसराग तथा प्रेममा सफलता मिल्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): समय चुनौतीयुक्त भएपनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । पशुपालनबाट राम्रो लाभ मिल्नेछ । पढाइलेखाइमा प्रगति होला । प्रतिभाको कदर हुनेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । मीठो भोजन प्राप्त हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): मान, महत्वका साथै आरोग्यता बढ्नेछ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत पनि बढ्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । मठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तपाईको दिन शुभ रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्