सुन प्रकरणबारे प्रधानमन्त्री र गृहमन्त्रीले संसद्‌मा जवाफ दिनुपर्छः महामन्त्री शर्मा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ श्रावण २०८०, शुक्रबार
1 Min Read
Aa
राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा सहभागीहरू । तस्बिर : रत्न श्रेष्ठ/रासस

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले नक्कली सुन तस्करी प्रकरणको सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीले संसद्मामा जवाफ दिनुपर्ने बताएका छन्।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले सुन तस्करी प्रकरणको सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीले संसद्मामा जवाफ दिनुपर्ने बताएका हुन् ।

- Advertisement -
Ad imageAd image

उनले प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ सुन्ने अधिकार सिंगो संसद्को भएको भन्दै अविलम्ब संसद् सुचारु हुनुपर्ने बताए। उनले सुन प्रकरणको गहिराइमा गएर छानबिन हुनुपर्ने साेत बताए। उनले छानबिनको माग गर्दै संसद् बैठक अवरुद्ध गर्नु समस्याको समाधान नभएको भन्दै छलफलबाट समाधानमा पुग्नुपर्ने बताए।

उनले भने, ‘आजको बैठकमा हामी छलफल गर्दैगर्दाखेरी मन्त्री र प्रधानमन्त्रीलाई बोलाउने कुरा गर्दैछौँ। गलत कुरा गरिरहेका छैनौँ। तर, मन्त्री र प्रधानमन्त्रीको जवाफ सुन्ने अधिकार यो देशका प्रत्येक सार्वभौम सांसदले राख्छन् कि राख्दैनन्। प्रत्येक सार्वभौम सांसदले त्यो अधिकार राख्नुहुन्छ भने संसदमा त्यो अधिकारको रक्षा गर्ने सन्दर्भमा कसले बोल्ने? त्यसकारण राज्य व्यवस्था समितिको ध्यान अवरुद्ध भएको संसद् खुल्नुपर्छ। त्यो संसदमा मन्त्री र प्रधानमन्त्रीहरुले त्यहाँ पनि जवाफ दिनुपर्छ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्