महिना दिन नपुग्दै फेरि ढल्यो कोशी सरकार, मुख्यमन्त्री उद्धव थापा पदमुक्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ श्रावण २०८०, बिहीबार
1 Min Read
Aa

 

महिना दिन नपुग्दै कोशी प्रदेशका मुख्यमन्त्रीमा उद्धव थापा पदमुक्त भएका छन् ।

बिहीबार न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा मुख्यमन्त्री बनका थापाको नियुक्ति बदर गरेर थापा पदमुक्त हुने आदेश दिएको हो ।

सभामुखको समर्थनमा मुख्यमन्त्री बनेपछि नेकपा एमालेका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको मुद्धा सर्वोच्च अदालत सदर गर्दै मुख्यमन्त्री थापाको नियुक्ति बदर गरिदिएको छ ।

२१ असारमा कांग्रेस संसदीय दलका नेतासमेत रहेका थापाले सभामुख बाबुराम गौतमको हस्ताक्षरसहित बहुमत जुटाएर मुख्यमन्त्री पदमा दाबी पेश गरेका थिए । लगत्तै प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

असंवैधानिक नियुक्ती भन्दै एमाले संसदीय दलका नेतासमेत रहेका कार्कीले तटस्थ भूमिका निर्वाह गर्ने सभामुखको हस्ताक्षरविरुद्ध सर्वाेच्चमा मुद्धा दायर गरेको थियो ।

दायर गरेको मुद्धामा कार्कीले थापाको नियुक्ति बदर गरी संविधानको धारा १६८ (३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न पनि परमादेश माग गरेका थिए । तर, कार्कीको चाहनास्वरुप सर्वाेच्चले उनलाई मुख्यमन्त्रीमा नियुक्तिका परमादेश भने दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

Array