साउन ०५ गते शुक्रबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ श्रावण २०८०, शुक्रबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

श्री शाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर बर्षा ऋतु वि.सं. २०८० श्रावण ५ गते तद्अनुसार सन् २०२३ जुलाइ २१ तारिख शुक्रबार अधिक श्रावणशुक्लपक्ष चतुर्थी तिथि मघा नक्षत्र व्यतिपात योग वणि करण आनन्दादिमा काण योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२२ मा भयो र सूर्यास्त साँझ १८ः५७ बजे हुनेछ । अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समय चुनौतीपूर्ण छ । आज नयाँ कामको सुरुवात खासै राम्रो नहोला । मनमा दुविधा रहन सक्ने दिन छ । ब्यापारमा पनि घाटा सहनुपर्ला । सामाजिक काममा नाम रहने छ भने स्वास्थ्यका दृष्टिकोणले राम्रो समय छ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । प्रेमभाव बढ्नेछ । मित्रभाव वृद्धि होला ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिन शुभदायी छ । वैवाहिक जीवन सुखी हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने दिन छ । यात्राको योग रहेको छ । काम बन्नाले मन रमाऊला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । उत्साह बढ्नेछ । आफन्तको साथ मिल्ला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने छ, प्रियसाथीसंग पनि भेटघाट होला । मिष्ठान्न भोजनको अवसर आउनेछ । व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन् । समस्याको समाधान प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आज शत्रुले सताउने योग रहेकोले बोली र व्यवहारमा सतर्कता अपनाउनु हितकर होला । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश हुन सक्छ, विशेष सावधानीको दरकार छ । सवारीसाधनको प्रयोग एवम् खानपानमा ध्यान राख्नुहोला । आज अनावश्यक झमेलाबाट सकभर बच्ने प्रयास गर्नुहोला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ । तपाईंको प्रतिभाको कदर होला । ठुला वा प्रतिष्ठित ब्यक्तिसँग पनि भेटघाट हुन सक्छ । अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । आरोग्यता बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शांति रहला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । अल्झिएका काम पूरा हुनेछ । नयाँ साथीसंग चिनजान हुने तथा आज रमाइलो यात्राको योग पनि रहेको छ । आरोग्यता वृद्धि हुनेछ । धन मान महत्वमा कमी आउनेछैन । कार्यगति बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ रहनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आज आकस्मिक रूपले धन आर्जनको अवसर मिल्ने देखिन्छ । खासगरी कृषिको कामबाट विशेष लाभ होला । टाढाको यात्रा हुने दिन छ । लेनदेको काम आज नगरेकै बेश होला । पाहुना आगमनको सम्भावना छ । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कर्मबल बढेपनि स्वास्थ्य कमजोर हुने र अनावश्यक खर्च बढ्न सक्ने समय छ । खानपानमा विशेष सजक रहनु हितकर होला । दाम्पत्य जीवनमा खटपट र प्रेममा धोका हुन सक्छ । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा हुन मुस्किल पर्ला । योजना र बजेट बनाइ कार्य गर्नु बेस हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सोचेको काम समयमै गर्न नसकिए पनि आजको दिन लाभदायी नै रहला । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् । मित्रजनको साथ-समर्थनका कारण मन हर्षित रहला । स्वास्थ्यका लागि आज आहारविहारमा विशेष सतर्क रहनु हितकर होला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): सन्तोषजनक आर्जनका कारण परिवारजनका इच्छा पूरा गर्न सकिने समय छ । धन आर्जनका नयाँ बाटो पनि खुल्नेछन् । बैदेशिक क्षेत्रको लगानी फाइदै होला । पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढ्नेछ । आफन्तजन एवम् माता पितासँगको भेटघाटले मनमा उल्लास छाउनेछ । परिवारिक सुख बढ्नेछ । नियमकानूनले साथ दिने समय छ । दायित्व पूरा गर्नु हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन कामहरु सजिलैसँग बन्नाले काममा जांगर थपिने देखिन्छ । रसरागको भाव वृद्धि होला । विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । पारिवारिक सुख मिल्ने समय छ भने ब्यापारमा पनि फाइदाकै योग छ । शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन पेशागत रुपमा समस्या देखिन सक्छ । घरपरिवारमा केही मनमुटाव होला । वादविवादको सामना गर्नुपर्ने योग छ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन गएपनि सफलता प्राप्त नहोला । उदासिनता बढ्न सक्छ । काममा अवरोध सिर्जना गर्नेहरु सक्रिय रहलान् । तथापि, साझेदारीको काम बन्नेछ । सुख विलास बढ्नेछ ।

तपाईको दिन शुभ रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्