कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १० एजेण्डामा छलफल हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ श्रावण २०८०, मंगलवार
1 Min Read
Aa

नेपाली कांग्रेसकाे केन्द्रीय समिति बैठक बस्दैछ। सानेपा ललितपुरस्थित केन्द्रीय कार्यालयमा दिउँसाे १ बजे बस्ने बैठकका लागि १० वटा एजेण्डा तय गरेको छ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले केन्द्रीय समिति बैठकका लागि १० वटा एजेण्डा तय गरेको हो।

- Advertisement -
Ad imageAd image

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री विश्वप्रकाश शर्माले पहिलो एजेन्डाको रूपमा समसामयिक विषय रहने र त्यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरूमा छलफल हुने बताए।

त्यसैगरी सांगठनिक कार्ययोजना र कार्यतालिका प्रस्तुत हुने उनले जानकारी दिएका छन्। उनका अनुसार कार्यसम्पादन समितिले गरेका निर्णयहरू अनुमोदनको प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेस र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि प्रस्तावित हुनेछ।

केन्द्रीय समिति बैठकमा विभाग गठनको प्रस्ताव, पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेस गर्ने एजेन्डा पनि रहेको छ।

अरू एजेण्डाहरूमा पार्टीले प्रतिनिधि सभामा खेलेको भूमिकाको सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउने र उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिहरूको सम्बन्धमा बैठकलाई जानकारी गराउने कार्यतालिका बनाइएकाे छ।

केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गर्ने सम्बन्धमा पनि छलफल भइरहेको महामन्त्री शर्माले जानकारी दिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्