पाकिस्तानसँग नेपाल ४ विकेटले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ असार २०८०, शुक्रबार
2 Min Read
Aa

श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा पाकिस्तान ए सँग नेपाल पराजित भएको छ । कोलम्बो क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय ८० रनको लक्ष्य पाकिस्तान ए ले ३२.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । पाकिस्तान ए का लागि तैयव ताहिरले ६७ बलमा चौका र छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय पारी खेले । कमरान गुलामले २६ बलमा ३१ रन बनाए । नेपालका लागि ललित राजवंशीले ३ तथा पवन सर्राफले २ विकेट लिए । कुशल मल्लले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ३७ ओभरमा अलआउट हुँदै १ सय ७९ रन मात्र बनाएको थियो । नेपालका लागि सोमपाल कामीले १ सय १ बलमा ९ चौका र २ छक्काको सहयोगमा ७५ रनको अर्धशतकीय पारी खेले । प्रतिश जिसीले २४ बलमा १ चौका र २ छक्काको सहयोगमा २६ रन बनाए पनि अन्य ब्याटरले राम्रो रन बनाउन सकेनन् ।

अर्जुन साउद तथा कुशल मल्लले समान १७र१७ रन बनाए । गुलसन झाले १९ बलमा १ चौकाको सहयोगमा १३ रन बनाए । ओपनर आसिफ शेख १२ रन बनाए । अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पाकिस्तान ए का लागि शाहनवाज दहानीले ५ तथा मोहम्मद वासिम जुनियरले ४ विकेट लिए । मुबासिर खानले १ विकेट लिए ।

नेपालले दोस्रो खेलमा सोमबार भारत ए सँग खेल्नेछ । भारतसँगको खेल डे नाईट खेल हुनेछ । नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार युएई ए सँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array