नेपाल मानवअधिकार संगठनको कार्यवाहक अध्यक्षमा अधिकारकर्मी अर्याल नियुक्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ असार २०८०, बिहीबार
1 Min Read
Aa

 

नेपाल मानवअधिकार संगठनको कार्यवाहक अध्यक्षमा अधिवक्ता एवं मानवअधिकारकर्मी इन्द्र प्रसाद अर्याल नियुक्त भएका छन् ।

- Advertisement -
Ad image

संगठनका अध्यक्ष महामुनिश्वर आचार्य स्वास्थ उपचारको लागि देश बाहिर जानुपर्ने भएकोले यस अवधिमा नियमित कार्यसंचालनका लागि संगठनको विधान २०४५ बमोजिम संगठनका पूर्व अध्यक्ष एवं केन्द्रीय सदस्य अर्याललाई कार्यवाहक अध्यक्षमा नियुक्त गरेको जनाइएको छ ।

नेपाल मानवअधिकार संगठन मानवअधिकारको संरक्षण, सम्बर्द्धन र पीडितको पक्षमा काम गर्दै आएको अग्रणी मानवअधिकार संगठन हो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्