असार १९ गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ असार २०८०, मंगलवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

श्री शाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८० आषाढ १९ गते तद्अनुसार सन् २०२३ जुलाइ ४ तारिख मंगलबार शुद्ध श्रावण कृष्णपक्ष प्रतिपदा तिथि पूर्वाषाढ़ा नक्षत्र ऐन्द्र योग तैतिल करण आनन्दादिमा मित्र योग चन्द्रमा धनु राशिमा १५ः५७ बजेसम्म त्यसपछि मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१४ मा भयो र सूर्यास्त साँझ १९ः०२ बजे हुनेछ । त्रिपुष्कर १५ः१५ बजेपछि । अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अस्वस्थताका बीच कामको बोझ बढ्न सक्ने समय छ । स्वास्थ्यका लागि खानपानमा विशेष सजग रहनुहोला । इर्ष्या गर्नेहरुले फसाउन सक्छन् । आश्वासन दिनेहरूको विश्वासमा नपर्नु हितकर होला । भोज वा खानपान समारोहमा सहभागी भइने योग छ । भ्रमणका बीच मानसम्मान पनि प्राप्त हुने समय छ । रचनात्मकता बढ्नेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): विभिन्न अवसर प्राप्त हुने समय भए पनि विवादले मन खिन्न तुल्याउन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय होलान् । तथापि, रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ । तर्कशक्ति बढे पनि कुराकानी गर्दा गोपनीयतामा ध्यान दिनुहोला । प्रियजनसँग भेटघाट हुने दिन छ पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । परिवारिक सुख बढ्नेछ । उत्साह बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): दीर्घकालीन काममा लगानी गर्ने अवसर प्राप्त होला । अप्ठ्यारो परिस्थितिमा पनि आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । तर व्यवहारिक झमेला आइलाग्न सक्छन्, सचेत रहनुहोला । कामको उपलब्धि देखाएर थप फाइदा उठाउन सकिनेछ । जटिल कामसमेत सम्पादन हुन सक्छ । प्रशंसकहरू बढ्नेछन् । आरोग्यता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिने समय छ । खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्ला । इच्छाशक्ति बढ्नुका साथै चाँडै लक्ष्य प्राप्त गर्न सकिने समय छ । पारिवारिक जमघटको फाइदा उठाउँदै विभिन्न परिकारको आनन्द लिन पाइनेछ । प्रेमभाव बढ्नेछ । दायित्व वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): चुनौतीपूर्ण परिस्थितिको बन्धनमा परिने योग भएकाले सजग रहनुहोला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । विश्वास गरेकाले पनि आजको दिन धोका दिन सक्छन् भने साथीभाइहरू टाढिन सक्छन् । तापनि, सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन् । बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला । प्रेममा आकर्षण बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): व्यस्तता वृद्धि हुनेछ । आजको दिन बोली व्यवहारमा सजग रहनुहोला । आर्थिक लेनदेनमा विवादमा परिने योग छ । धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ । इर्ष्यालुजनले आत्मीय सम्बन्धमा फाटो उत्पन्न गरिदिन सक्छन् । मानसम्मानमा चोट पुग्न सक्छ । सहयोगीहरूको भावनाको कदर गर्नु हितकर होला । यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिने छ । आँटेका काम बन्नाले जोश-जाँगर बढ्ने समय छ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । सहयोगीहरू जुट्नाले काममा फाइदा उठाउन सकिनेछ । घरखर्च पनि बढ्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): परिस्थितिले संघर्षको पाइला चाल्न सिकाउने समय छ । मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको गाँठो कसिन सक्छ । अरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै हुनेछ । आरोग्यता रहला । शत्रुलाई जीत्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): पढाइलेखाइमा प्रगति हुने समय छ । खर्च लागे पनि कामको प्रयत्न सफल होला । आजको दिन स्वास्थ्यका लागि खानपानमा ध्यान पुऱ्याउनु हितकर होला । साझेदारीमा सम्बन्ध बिग्रनाले अप्ठ्यारोमा परिने योग रहेकोले सावधान रहनुहोला । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । खर्च बढ्नाले समस्या उत्पन्न हुन सक्छ । नजिकका आफन्त टाढिन सक्छन्, तथा विशिष्ट जनसँग मित्रता बढ्न सक्छ । बुद्धिको उपयोगले काम लिने समय छ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ । आयस्रोत बढ्ला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): धेरैको भलाइ हुने काम गर्न सकिने समय छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । भाग्य बलवान् रहनेछ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ । नाता गाँस्नेहरूले केही दुःख दिनेछन् । रोकिएका काममा दोहो¥याएर प्रयास गर्दा फाइदा हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): रोकिएको काम बन्नाले उत्साह जाग्नेछ । पहिलेको उपलब्धिले काममा उत्साह जगाउने समय छ । तथापि, सहयोगीजन नै प्रतिस्पर्धीका रूपमा देखापर्न सक्छन् । धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ । रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ । रसरागमा आकर्षण बढ्ला । समस्याको समाधान मिल्नेछ ।

तपाईको दिन शुभ रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्