असार १८ गते सोमबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ असार २०८०, सोमबार
7 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

श्री शाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० आषाढ १८ गते सोमबार तद्अनुसार सन् २०२३ जुलाइ ३ तारिख आषाढ शुक्ल पक्षको पूर्णिमा तिथि मूल नक्षत्र ब्रह्मा योग भद्रा करण २ः५५ पर बालब करण आनन्दादिमा लुम्ब योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः१४ मा भयो र सूर्यास्त साँझ १९ः०२ बजे हुनेछ । पूर्णिमा व्रत, गुरु पूर्णिमा, गुरु पूजा, व्यास जयन्ती ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समय शुभदायी छ । भाग्यबल बढ्नेछ । नोकरीमा पदोन्नति र पढाइलेखाइमा प्रगतिको समय छ । आफन्तजनको सहयोगले विशेष फाइदा होला । नोकरीमा भएकाको पदोन्नति हुने सम्भावना प्रवल छ । खर्च भने केही बढ्ने देखिन्छ । कुनै पनि कार्यमा बलजफ्तीले नगर्नु हितकर होला । विदेशयात्राको प्रयत्न गरिएको छ भने आशाको किरण देखिएला । ऋण,रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): सार्थक काम गरेर धेरैको मन लोभ्याउन सकिने समय छ । पुरस्कार, प्रशंसा, ख्याति आदि मिल्नुका साथै प्रेम र मित्रताको बन्धन कसिएला । आतिथ्यपूर्ण सम्मान पाइने योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । भौतिक साधन जुटाउन सकिनेछ । मेहनतले नाम, दाम र इनाम हात पर्ला । इष्टमित्रको साथ प्राप्त होला । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन खुसीको समाचार सुन्न पाइएला । नयाँ व्यापार–व्यवसाय विस्तार हुने समय छ । पुरुषार्थले प्रतिष्ठा दिलाउनेछ । दिगो आम्दानी हुने काम सुरु गर्न सकिनेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । तपाईंको विचारलाई धेरैले मन पराउनेछन् । दाम्पत्य सुख र आरोग्यता बढ्नेछ । आशा उत्साह बढ्नेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ, सावधान रहनुहोला । आजको दिन आर्थिक लेनदेनमा सजगता अपनाउनु उचित हुनेछ । समयमा काम सम्पन्न गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ । रोजगारीको अवसर मिल्न सक्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन आफन्तसँग असमझदारी बढ्न सक्छ, तर शुभचिन्तकहरूले साथ दिनेछन् । सामाजिक प्रतिष्ठा जोगाउन आफ्ना योजना गोप्य राख्नु हितकर हुनेछ । परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन् भने बोलीकै भरमा काम सम्पादन गर्ने समय छ । प्रेम र मित्रताको गाँठो कसिन सक्छ । तथापि, आफ्नो कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्न सक्छ । बढी मिहीनेतले काम बन्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आज व्यस्तता बढ्नेछ भने ब्यापारबाट सोचेभन्दा बढी लाभ हुने देखिन्छ । मानसम्मान पाउनुका साथै आम्दानी बढ्नेछ । तर, परिवारजनमा भने केही असमझदारी बढ्न सक्छ । नयाँ कार्ययोजना बन्ने र नयाँ कामको सुरुवात हुने योग छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ, मौकाको फाइदा उठाउने प्रयत्न गर्नुहोला । रसरागमा आकर्षण बढ्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): पराक्रम बढ्ने समय छ । कतैबाट विशेष उपहार हातलागी हुन सक्छ । वैदेशिक व्यापार सन्तोषजनक रहने योग भए पनि खर्च बढ्ने र कामकाजमा अवरोध हुने सम्भावना छ । हिम्मतले काम लिने समय छ । पुरुषार्थ देखाएर नाम, दाम हात पार्न सकिनेछ । बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन मन मिल्ने साथीभाइ अलिक टाढिन सक्छन् । प्रेम सम्बन्धमा समस्या आउन सक्छ, ध्यान राख्नुहोला । तथापि, महत्त्वपूर्ण काममा सफलता मिल्नाले आकस्मिक धनको लाभ हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सकारात्मक काम बन्नेछ । मिठो भोजन प्राप्त होला । सामर्थ्य वृद्धि हुनेछ । कर्ममा सफल साबित हुनुहुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): वादविवाद र झैझगडाको योग रहेकोले आजको दिन विवादबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । अरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ । विपरीतलिंगी वा शुभचिन्तकहरूले साथ दिने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ । फसेको लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । मित्रता र प्रेमको बन्धन कसिन सक्छ । बुद्धिको उपयोगले शत्रुबाट जोगिन सकिनेछ । व्यवसायबाट फाइदा हुने देखिन्छ । पठनपाठनमा प्रगति हुनेछ । प्रतिभा प्रदर्शनको अवसर प्राप्त होला । मिठो भोजन प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ । नयाँ सम्भावना देखा पर्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): विगतमा गरिएको लगानीबाट राम्रै प्रतिफल मिल्ने समय छ । खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्ला । व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ । स्वास्थ्यमा कमजोरी देखिए अध्ययनमा ध्यान केन्द्रित होला । आज नजिकका साथीभाइ टाढिन सक्छन् तर टाढाका साथीभाइसँग भने मित्रता बढ्नेछ । प्रयासरत काम बन्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): कर्मबल बढेपनि काममा ढिलासुस्ती हुन सक्ने समय छ । आजको दिन आम्दानीको तुलनामा खर्च ज्यादा हुनसक्छ, सचेत भइ खर्च गर्नुु हितकारी होला । चोटपटकको योग भएकोले हातहतियार प्रयोग गर्दा तथा सवारीसाधनको प्रयोगमा विशेष सतर्कता अपनाउनुहोला । बुद्धिको सही उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शक्तिशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रने सम्भावना छ, ध्यान राख्नुहोला । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

तपाईको दिन शुभ रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्