आज श्री एयरलाइन्सका सबै उडान रद्द

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ असार २०८०, आईतवार
1 Min Read
Aa

श्री एयरलाइन्सले आजका लागि निर्धारित सबै उडान स्थगित गरेको छ। एयरलाइन्सले शनिबार राती प्रेस विज्ञप्ति जारी गर्दै आजका सबै उडान स्थगित गरेको जानकारी गराएको छ ।

एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले उडान स्थगित गरी कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएकाले आजका सबै उडान स्थगित गरिएको बताएका छन्। सोमबारदेखि भने सबै उडान नियमित हुनेछ।

- Advertisement -
Ad imageAd image

शनिवार ३ः३० बजे काठमाडौंबाट धनगढीका लागि उडेको विमानमा प्राविधिक समस्या आई पुनः काठमाडौं नै फिर्ता ल्याई अवतरण गरिएको थियो। यसपछि एयरलाइन्सले आज आफ्ना सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्