नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ असार २०८०, सोमबार
1 Min Read
Aa

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका थप एक जना पक्राउ परेका छन् । सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंले मण्डिखाटारबाट आशिष बुढाथोकीलाई पक्राउ गरेको हो ।

प्रहरीले भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएपछि बुढाथोकी फरार रहेका थिए । बुढाथोकीको बैंक खाताबाट कारोबार रहेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेकाे काठमाडौं परिसरका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।

- Advertisement -
Ad imageAd image

यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा चलाएको थियो । त्यसमध्ये १८ जना पक्राउ परेका थिए ।

पक्राउ परेका अभियुक्तकाे थुनछेक बहस सकिएर १६ जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाइसकेको छ भने लक्ष्मी महर्जन र टंक गुरुङलाई धरौटीमा रिहा गरेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्