कोशीमा एमाले सरकार ढाल्ने गठबन्धन दलको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ असार २०८०, सोमबार
1 Min Read
Aa

कोशी प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान भएसँगै विपक्षी गठबन्धनले एमाले नेतृत्वको सरकार ढाल्ने निर्णय गरेको छ। असार १४ गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने तयारी गरिरहेको बेला विपक्षी गठबन्धनले विश्वासको मत फेल गराउने र आफूहरुको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको हो ।

आज नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का प्रदेश संसदीय दलका नेता, प्रमुख सचेतक, सांसद तथा पार्टी नेतृत्वको संयुक्त बैठक बसेको थियो ।

- Advertisement -
Ad imageAd image

जसअनुसार बैठकले मुख्यमन्त्रीले ल्याउने विश्वासको मतसम्बन्धी प्रस्ताव फेल गराउने र गठबन्धन दलकै नेतृत्व र सहभागितामा नयाँ सरकार गठनको प्रक्रिया सुरू गर्ने निर्णय गरेको हो । हाल प्रदेश सरकारमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन् । कार्कीलाई आफ्नो सरकार टिकाउनका लागि एक सांसदको आवश्यक पर्छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्