श्री शाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० आषाढ ९ गते शनिबार तद्अनुसार सन् २०२३ जुन २४ तारिख आषाढ शुक्ल पक्षको षष्ठी तिथि मघा नक्षत्र ५ः२० पर पर्वाफाल्गुणी नक्षत्र सिद्ध योग कौलव करण २ः३० पर गर करण आनन्दादिमा पद्म योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहला । काठमाण्डौमा सूर्योदय बिहान ५ः११ मा भयो र सूर्यास्त साँझ १९ः०१ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन पेशागत रुपमा समस्या देखिन सक्छ । बेकारको विवादमा फस्न सकिन्छ, बोल्दा धैर्यका साथ बोल्नु हितकर होला । अनावश्यक डर, वादविवाद हुन सक्छ, सचेत रहनुहोला । तर ब्यापारमा भने फाइदै होला । अनौठो समाचार पनि सुन्न पाइने योग छ । प्रेममा आकर्षण बढ्नेछ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ शत्रुमाथि विजय प्राप्त हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): व्यापारमा गरेको लगानी सन्तोषप्रद रहनेछ । अरुबाट प्रशंसा पाएर मन हर्षित हुने दिन छ । सामाजिक कामबाट प्रतिष्ठा मिल्नेछ भने दिदी बहिनी वा कुटुम्बका काममा सघाउनु पर्ला । मनमा दुविधा रहे पनि ब्यापार तथा जागीरमा दिन ठिकै छ । व्यस्तता वृद्धि हुनेछ । आशा उत्साह थपिनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने समय छ । खुसीको खबर प्राप्त होला । वैदेशिक क्षेत्रमा गरेको लगानीले पनि फाइदै गर्ने देखिन्छ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । रसरागको भाव जागृत होला ।
सुख वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्र र सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । प्रयासरत काम बन्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । मित्रजनको सहयोग पनि प्राप्त होला । अल्झेका कामहरु अरुको सहयोगमा बन्ने छन् । अप्रत्याशित लाभ हुने योग छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): धननाश हुन दिने छ । पीडा दिनेहरु सक्रिय रहलान् । स्वास्थ्यका लागि खानामा ध्यान पुऱ्याउनुहोला । व्यर्थको खर्च हुने योग रहेकोले खर्च घटाउने प्रयास गर्नु हितकर होला । समय चुनौतीपूर्ण भए पनि सामर्थ्य बढ्नेछ । रसरागतर्फ मन जाला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): नयाँ कामको थालनी हुने दिन छ । रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । पढाइमा सफलता मिल्नेछ भने ठूला व्यक्तिबाट बुद्धिको तारिफ हुनेछ । मुद्दा-मामिलामा विजयी भइनेछ । दिन उत्साह र खुशीका साथ बित्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुने र रसरागमा आकर्षण बढ्ने समय छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यवहारिक क्षेत्रमा मन लाग्ने समय छ । आफन्तमिलनले सुख दिनेछ । पाहुनाको आगमनले मन हर्षित रहला । आयआर्जनको दृष्टिले राम्रो दिन छ । सोचेभन्दा बढी नै लाभ हुने योग छ । आय र आरोग्यता बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कर्मबल बढ्ने र शुभता वृद्धि हुनेछ । आज कामहरू सजिलै बन्नेछन् । प्रतिष्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ । ब्यापारबाट सामान्य नाफा होला । हासखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । सकारात्मक काम बन्नेछ । भ्र्रमण आदिमा आकर्षण बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन सहयोगी ठानिएका वा मित्रजनबाटै धोका मिल्न सक्छ । घरेलु समस्याले सताउने समय छ । स्वास्थ्यप्रति पनि विशेष सतर्क रहनु हितकर होला । धनमाल हराउनाले उदासी बढाउन सक्छ । टाढाको यात्रा गर्ने योजना छ भने आज थाती राखेकै बेस हुनेछ । दायित्व बढ्ने समय छ । दैनिक काममा सफलता मिल्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): सानातिना काम वा घरेलु समस्यामा अल्झनुपर्ने समय छ । तर नसोचेको धनलाभ हुने योग छ । आजको दिन आर्थिक लेनदेन नगर्नु हितकर होला । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्न सक्छ, सावधान रहनुहोला । आफन्तको साथ मिल्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): भागदौड बढेपनि प्रयासरत काम बन्नेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आर्थिक पक्ष आज सन्तोषजनक रहनुका साथै काम बन्नाले सुखको अनुभव हुनेछ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । पठन–पाठनमा पनि प्रगति हुनेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । मीठो भोजन प्राप्त हुनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): नयाँ कामको योजना बन्ने सम्भावना छ । आज शुरु गरिएका कामले दीर्घकालिन हित हुनेछ । कर्ममा उत्साह र जाँगर बढ्ने देखिन्छ । आर्थिक लाभ पनि होला । पढाइमा र व्यापारमा सफलता मिल्नेछ भने मित्रजनसँग रमाइलो भेटघाट होला । प्रेमभाव बढ्नेछ । पराक्रम वृद्धि हुनेछ ।
तपाईको दिन शुभ रहोस्


प्रतिक्रिया दिनुहोस्