गोरखामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ असार २०८०, शुक्रबार
1 Min Read
Aa

गोरखामा गए राति जन्ती बस दुर्घटनामा परेको छ।

शहिद लखन गाउँपालिका-३ सिलिङ कोटगाउँबाट शहिद लखन गापा-५ पोखरी डाडाँ जन्ति फर्कने क्रममा सिलिङ र डाँडाबारीको बिचमा अमलडाँडा भन्ने ठाउँमा गाडी दुर्घटना भएको प्रहरीलाई उदृत गर्दै शहिद लखन वडा नम्बर ७ का वडाअध्यक्ष शरण श्रेष्ठले जानकारी दिएकाे नेपाल टेलिभजनले जनाएकाे छ।

उनका अनुसार भीरमा धेरै मानिसहरु हताहती भएको तर मृत्यु हुनेको संख्या भने एकिन भएको छैन। प्रहरीले वडाअध्यक्ष श्रेष्ठलाई ६ जनाको मृत्यु भएको जानकारी दिएको छ।

२ जनाको सकुशल उद्दार गरिएको छ भने १२ जना घाइतेलाई उपचारको लागि तनहुँको खैरेनीमा पठाइएको छ। रातिको समय र पानी पनि परिरहेको हुनाले उद्दार कार्य कठिन भएको प्रहरीले जनाएको छ।

अहिले जिल्लाबाट नेपाल प्रहरी, सशस्त्र पहरी र नेपाली सेनाको थप उद्दार टोली घटनास्थलतर्फ गएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

Array