जेल चलानअघि बालकृष्ण खाँणले भने -भुटानी शरणार्थी प्रकरणमा मेराे संलग्नता छैन्

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ असार २०८०, शुक्रबार
1 Min Read
Aa

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाइएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आफू निर्दोष भएको दाबी गरेका छन् । केन्द्रीय कारागार सुन्धारा लानुअघि उनले काठमाडौं जिल्ला अदालत परिसरमा भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएकाे दाबी गरेका हुन् ।

‘म यसमा संलग्न छैन तर अदालतको आदेश मान्नु पर्छ। अब न्याय होला’, प्रहरीले सुन्धारा लैजानुअघि उच्च अदालतबाट न्याय पाउने आश गर्दै उनले भने। शुक्रबार जिल्ला अदालत, काठमाडौंले खाँणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्