जेठ ३० गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० जेष्ठ २०८०, मंगलवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

श्री शाके १९४५नेपाल सं. ११४३ ग्रीष्म ऋतु वि.सं. २०८० ज्येष्ठ ३० गते मंगलबार तद्अनुसार सन् २०२३ जुन १३ तारिख आषाढ कृष्ण पक्षको दशमी तिथि रेवती नक्षत्र सौभाग्य योग बब करण आनन्दादियोगमा शुभ योग चन्द्रमा मीन राशिमा १६ः०४ बजेसम्म त्यसपछि मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः९ बजे भयो र सूर्यास्त साँझ १८ः५८ बजे हुनेछ । अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज अरूको फाइदाका लागि उपयोग भइने समय छ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहने देखिन्छ । तथापि, सोचेको काम सफलतापूर्वक सम्पन्न हुने योग छ । नजिकका साथीभाइ टाढिन सक्छन्, सावधान रहनुहोला । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): नसोचेको ठाउँबाट धनलाभ हुने योग रहेको दिन भए पनि बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । काम बिग्रने डरले सताइरहनेछ । महत्वाकांक्षी तथा खास योजना गोप्य राख्नुहोला । व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउला । विवादबाट बच्न बोली र व्यवहारमा लगाम लगाउनुहोला । मित्रजनको साथ प्राप्त हुने तथा पराक्रम बढ्ने समय छ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन उल्लासमय रहला । धनलाभको पनि सम्भावना छ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् । कर्मबल वृद्धि होला । रसरागमा आकर्षण बढ्नेछ । रसरागमा रुचि रहला । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): भाग्यबल बढ्नेछ । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वसँगको भेटघाट र ठूलै फाइदाको आश्वासन पनि पाइनेछ । विशेष योजनाहरू बन्नेछन् । स्वास्थ्यको लागि मसलाजन्य खानाबाट सावधान रहनुहोला । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । यात्रा सफल रहनेछ । बौद्धिक तथा रचनात्मक काम बन्नेछन् । मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला । आनन्द वृद्धि होला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने समय छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहला । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । आज अनायसै धन खर्चनुपर्ने अवस्था पनि आउन सक्छ । दौडधुप बढ्नेछ । मित्रजनले साथ दिनेछन् । पारिवारिक सुखशान्ति रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): प्रेमबल बढ्नेछ । सहयोगीहरूले राम्रै साथ दिने र प्रतिस्पर्धी परास्त हुने समय छ । पारिवारिक जमघटमा मन रमाउला । तथापि अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्य मात्र फाइदा हुने तथा लाभांश सञ्चय नहुने योग छ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): काममा लगानीको समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । धन आर्जन गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त होला । मित्रजनको सहयोगले हिम्मत दिलाउनेछ । सुख वृद्धि हुनेछ । रसरागमा आकर्षण रहला । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त हुने समय छ । मिहेनत खेर नजाने या परिश्रमको लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा होला । सहयोगीहरूबाट सामान्य धोका मिल्ने सम्भावना छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ, सचेत रहनुहोला । आरोग्यता बढ्नेछ । दाम्पत्यसुख बढ्ने समय छ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): ब्यस्तता बढ्नेछ । लाभ हुने काम प्रारम्भ गर्ने र गरिएका कामको राम्रै मूल्यांकन हुने समय छ । साझेदारीमा पनि फाइदा हुनेछ । सामाजिक दायित्व बढ्नेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ, तर स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान दिनुपर्नेछ । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आत्मविश्वास बढ्ने र रोकिएका काम बिस्तारै बन्ने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव एवं कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । तर, अनावश्यक वादविवादमा परिने योग समेत रहेकोले सावधानीपूर्वक व्यवहार गर्नुहोला । आरोग्यबल बढ्नेछ । नियमकानूनले साथ दिनेछ । आयस्रोत बढ्ला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । तथापि, होसियारीसाथ काम लिनुपर्नेछ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि फाइदा हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । रसरागको भाव वृद्धि हुनेछ । यात्रामा सफलता प्राप्त होला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): शुभता वृद्धि हुने तथा साहस बढ्नेछ । आजको दिन भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ । दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । चुनौतीहरू स्वतः हट्ने र आम्दानीले पछ्याउने योग छ । आफन्तको साथ भने कमै मिल्नेछ, तर आत्मविश्वासले चुनौतीको सामना गर्नुहुनेछ । समस्याको समाधान मिल्नेछ । प्रतिष्पर्धीलाई परास्त गर्ने सामर्थ्य बढ्ला ।

तपाईको दिन शुभ रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्