जेठ २८ गते आइतबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ जेष्ठ २०८०, आईतवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज श्री शाके १९४५ बि स २०८० जेठ २८ गते आइतबार । इश्वी सन २०२३ जुन ११ तारीख आषाढ कृष्ण पक्ष अष्टमी तिथी पूवभाद्रपदा नक्षत्र प्रीति योग कौलव करण चन्द्रमा कुम्भ राशिमा पश्चात मिन राशिमा आनन्दादि योगमा चर योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु, गोरखकालीपूजा भल,भल, अष्टमी देवपत्तनमा त्रिशुलयात्रा (ज्यो.प. सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्य पाइनेछ। आम्दानी बढ्नेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ। दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा थप लगानी आवश्यक पर्नेछ। भैपरी आउने समस्यामा समय बित्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी गर्न सक्छन्। उठेकाे रकम खर्च हुनेछ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): याेजनाअनुसार सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मध्याह्नदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। व्यापार बढ्नेछ र पेसा–व्यवसायमा पनि मनग्य लाभ हुनेछ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। समस्या सुल्झाउँदै अघि बढ्नुपर्ने समय छ। साथीभाइ टाढिनेछन्। काम राेकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। दिउँसोदेखि गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अस्वस्थताले काममा बाधा पुग्न सक्छ। खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। दिउँसाेदेखि आंशिक फाइदा भए पनि काम पूरा गर्न समय लाग्नेछ। अरूका लागि केही रकम र बुद्धिसमेत खर्चनुपर्ला। बाध्यात्मक परिस्थितिले काम राेकिनेछ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। खानपान एवं मनोरञ्जनमा रमाउने समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार–व्यवसायमा मनग्य आम्दानी बढ्नेछ। दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। समयमा सजग नहुँदा कर्मफल अरूले हत्याउने चेष्टा गर्नेछन्। स्वास्थ्य कमजाेर रहनेछ, आहारविहारमा ध्यान पुर्याउनुहोला।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): स्रोतसाधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुनेछ। मध्याह्नदेखि घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार पनि प्राप्त हुने समय छ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): कामको मेसो नमिल्दा केही अलमल हुनेछ। समयमा गम्भीर नबन्दा पनि दु:ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। दिउँसोदेखि चुनौती पन्छाएर काम बनाउन सकिनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा दिलाउनेछ। स्रोतसाधन जुट्नाले जटिल काम समेत सम्पादन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): काममा बाधा पुर्याउनेहरू देखा पर्नेछन्। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा असमझदारी बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। श्रम परे पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। हतारमा निर्णय नलिनुहोला।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): स्रोत-साधन जुट्नेछन् भने कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। तर जिम्मेवारी बढे पनि दिउँसाेदेखि काम बिग्रने भयले सताउन सक्छ। सहयाेगी र आफन्तहरू अलि टाढिन सक्छन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। फजुल खर्च बढ्नेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ। वादविवादमा अघि नसर्नुहोला। दिउँसोदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ। साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। नाम, दाम र इनाम प्राप्त हुने समय छ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द पनि प्राप्त हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। दिउँसाेदेखि हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। हतारमा निर्णय लिँदा काम दोहोर्याउनुपर्ला। शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। धेरै बोल्दा समस्या आउन सक्छ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आकस्मिक खर्च बढ्नेछ भने आम्दानी कम हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। दिउँसाेदेखि साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। तर, आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन्। समयमा सजग नहुँदा फाइदा लिने अवसर पछिलाई धकेलिन सक्छ।

तपाईको दिन शुभ रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्