जेठ २७ गते शनिबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ जेष्ठ २०८०, शनिबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

 

श्री शाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८० ज्येष्ठ २७ गते तद्अनुसार सन् २०२३ जुन १० तारिख शनिबार आषाढ कृष्ण पक्षको सप्तमी तिथि शतभिषा नक्षत्र विषकुम्भ योग भद्रा करण ४ः५४ पर बालव करण आनन्दादिमा आनन्द योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः९ मा भयो र सूर्यास्त साँझ १८ः५७ बजे हुनेछ । अष्टमी व्रत ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): शुभता बढ्नेछ । सोचेका काममा सफलता पनि मिल्ने समय छ । धनलाभ होला । दिन खुशीसाथ बित्नुका साथै परिवारमा पनि सुखको माहोल बन्नेछ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । कामको चाप घटी विश्राम पाइने छ । यात्रामा सफलता प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन रमाइलो रहला । परिवारमा खुशिको माहोल छाउनेछ भने नयाँ ठाउँको यात्राको योग छ । पुराना साथीसँगको भेटघाटले मन हर्षित हुनेछ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । टाढाको यात्राबाट केही धन पनि आर्जन हुन सक्छ । कर्मबल बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): स्वास्थ्यसम्बन्धी समस्या निम्तन सक्ने समय हुनाले खानपान तथा आचरणमा विशेष सावधानी अपनाउनुहोला । दैनिक प्रयोगको सामानले पनि धोका दिन सक्छ । खिन्नत बढाउने समााचार प्राप्त हुन सक्छ । तथापि, समस्याको समाधान प्राप्त हुनेछ । यात्रामा सफल रहला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अर्काको काममा खट्नुपर्ने तर जश भने कमै मिल्ने खालको समय छ । सामाजिक मर्यादा भने अभिवृद्धि हुनेछ । छर–छिमेकमा केही असमझदारी बढ्ने योग छ, तर खास हानी नपुग्ला । जोखिमका साथै दौडधुप वृद्धि हुनेछ । रसरागमा आकर्षण रहला । मिठो भोजन प्राप्त हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने दिन छ । नयाँ काममा हात हाल्दा दीर्घकालिन लाभ मिल्नेछ । आरोग्यता र प्रेमभाव बढ्ला । यात्राको योग पनि छ । मित्रजनबाट सुख मिल्ने तथा रचनात्मक र कलात्मक काममा सफलता प्राप्त हुने देखिन्छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आरोग्य बढ्नेछ । बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुने समय छ । आजको दिन काममा जाँगर लाग्ला । मनमा खुशी मिल्नेछ भने आफन्तजनले साथ दिने छन् । तथापि, व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । सन्तानको सुख प्राप्त हुनेछ । समस्याको समाधान प्राप्त होला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन ठूला व्यक्ति एवम् मित्रजनबाटै आलोचना हुने सम्भावना छ । बादविवाद हुने योग भएकोले सन्तुलित बोली र व्यवहारमा जोड दिनुहोला । चोटपटक लाग्े सम्भावनालाई टार्न आज हातहतियारबाट जोगिने विशेष प्रयत्न गर्नु हितकर हुनेछ । प्रेमभाव वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): व्यस्तता वृद्धि हुनेछ । राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिने छ । तर काममा झमेलाको सामना गर्नुपर्ने योग छ । जागिरमा पनि केही अल्छीपन छाउनेछ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन नदेलान् । यसका बाबजुद धन आर्जन होला । योजना र बजेट बनाइ कार्य गरे बेस होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन तपाईले सोचेको काम पूरा हुन सक्छ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । सामाजिक उत्तरदायित्व हासिल होला । पराक्रम बढ्नेछ । धन बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आर्थिक लाभ हुने दिन छ । आम्दानिको नयाँ श्रोत फेला पर्ला । ठूला व्यक्तिको विश्वास लिन सकिने छ । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन भाग्यले त्यत्ति साथ दिने छैन । विवाद बढ्ने, सामाजिक मर्यादामा बादल लाग्ने, काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । धनको नाश पनि होला । घरायसी चिन्ताले सताउन सक्छ । बौद्धिक र रचनात्मक कार्य भने बन्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रा कठिन भए पनि सफलता प्राप्त होला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): महत्वपूर्ण कार्यमा नजिकको नातेदारको समर्थन पाउने दिन छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी होला । लेखन तथा प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ । सुख विलास पनि बढ्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array