जेठ २३ गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ जेष्ठ २०८०, मंगलवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

 

श्री शाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८० ज्येष्ठ २३ गते तद्अनुसार सन् २०२३ जुन ६ तारिख मंगलबार आषाढ कृष्ण पक्षको द्वितीया तिथि ५ः४६ पर तृतीया तिथि पूर्वाषाढ़ा नक्षत्र शुभ योग ७ः३ पर शुक्ल योग वणि करण आनन्दादिमा मित्र योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५६ बजे हुनेछ ।

- Advertisement -
Ad imageAd image

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अरूका काममा महत्वपूर्ण समय बित्ने योग छ, तथापि सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भाग्यबल बढ्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । मित्रभाव वृद्धि होला । रोकिएको काम बन्नेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): अतिथिका रूपमा सम्मान प्राप्त हुने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । आज आयआर्जन राम्रै हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । मनोरन्जनमा समय ब्यतीत होला । यात्राको योग छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । परिवारिक सुख बढ्नेछ । उत्साह बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, तथापि अर्थआर्जनको अवसर जुर्ला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । काममा जांगर पलाएर आउने छ । ब्यापार ब्याबसायमा फाइदा होला । दामपत्यसुख बढ्नेछ । आरोग्यता रहला । समस्याको समाधान प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । स्वास्थ्य कमजोर रहन सक्छ । वादविवादबाट बच्ने विशेष कोशिस गर्नु हितकर होला । श्रमको समुचित मूल्यांकन नहुन सक्छ । आम्दानीमा बाधा पुग्ने देखिन्छ, सावधान रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ । खेलकुद र भ्रमणमा रुचि बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सानातिना काममा समय बित्ने दिन रहेको छ । काम बिग्रने डरले सताइरहला । बेसुरमा वचन दिनाले अप्ठ्यारो पार्न सक्छ, सचेत रहनुहोला । मानसम्मानमा पनि ठेस पुग्ने देखिन्छ । समस्या थपिन सक्छन् । खेलकूदमा भाग लिनुहुनेछ । मित्रजनको साथ मिल्नेछ । पारिवारिक सुखशांति रहला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): सजिलै काम बन्नाले उत्साह जाग्ने योग छ । सानो प्रयत्नले ठूलो काम सम्पादन होला । दाम्पत्य सुखमा रमाउने समय छ । परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । शुभता वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । धन मान महत्वमा कमी आउने छैन । समस्याको समाधान मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका जुर्ला । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । मुख्य काममा बाधा हुने देखिन्छ । स्वास्थ्य कमजोर रहला । आँटेको काम समयमा पूरा नहुन सक्छ । धेरै लगानीपछि कम मात्र प्रतिफल मिल्ला । शुभ काममाआकर्षण बढ्नेछ । सुख सुविधाको वस्तु किन्नु हुनेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस हुनेछ । प्रतिष्पर्धी परास्त होलान् ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । आज सहयोगीहरूले भने राम्रो साथ दिनेछन् । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । आरोग्यता बढ्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): नसोचेको ठाउबाट धन आर्जन हुने देखिन्छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीको काममा विशेष सफलता मिल्ला । आयआर्जनका स्रोत बढ्नेछन् । तथापि, असावधानीले धन खर्च हुन सक्छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आज सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । स्वास्थ्यप्रति विशेष सावधानी अपनाउनु हितकर होला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । नगरेका गल्तीको सजाय भोग्नुपर्ला, धैर्यशाली र सचेत रहनुहोला । परिश्रमको बलले काममा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आफन्तको साथ कमै मिल्ने समय छ । आजको दिन अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । सवारीमा विशेष सावधानी अपनाउनु हितकर होला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । स्वास्थ्य सामान्य कमजोर रहला । व्यावसायिक काममा पनि समस्या आउन सक्छ । मिठो भोजन मिल्ला । सुख विलास बढ्नेछ ।

तपाईको दिन शुभ रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्