जेठ २२ गते सोमबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ जेष्ठ २०८०, सोमबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

श्री शाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० ज्येष्ठ २२ गते सोमबार तद्अनुसार सन् २०२३ जुन ५ तारिख आषाढ कृष्ण पक्षको प्रतिपदा तिथि ७ः४१ पर द्वितीया तिथि मूल नक्षत्र साध्य योग तैतिल करण आनन्दादिमा लुम्ब योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५५ बजे हुनेछ । विश्व वातावरण दिवस ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्ने समय छ । काममा आवश्यक ध्यान नपुग्दा प्राप्त अवसर गुम्न सक्छ । तथापि, मेहनत गर्दा अवसर भने पाइनेछ । सत्कार्यमा जुट्नाले फाइदै होला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । मित्रजनको साथ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): नयाँ काममा हात हाल्ने समय आएको छ । आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्ला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । टाढाको यात्रा पनि हुन सक्छ । भागदौड वृद्धि हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): सोचेको काम पूर्ण रुपमा सम्पादन हुने समय छ । केही खर्च हुन सक्छ तर चिताएको काम बन्नेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । झमेला र चुनौती चिर्दै हिम्मतले काम बनाउन सकिनेछ । गुमेको प्रतिष्ठा फर्कने योग छ । रसरागमा आकर्षण बढ्नेछ । आशा उत्साह बढ्नेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन खर्च बढ्ने तथा आर्थिक अभावले सताउने योग छ । अस्वस्थताका बीच कामको बोझ बढ्नेछ । तर, विपरीतलिंगी वा केही हितैषी मित्रहरूले साथ दिनेछन् । गोपनीयतामा विशेष ध्यान दिनु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । आज तपाइलाई विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्ने योग छ । स्वास्थ्यका लागि खानपानमा विशेष सजग रहनुहोला । रसरागको भाव वृद्धि हुनेछ । प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): व्यस्तता वृद्धि हुनेछ । नयाँ काममा हात हाल्ने समय आएको छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । भोगविलासमा मन रमाउने समय छ । विशेष उपहार हातलागी हुन सक्छ । आरोग्यता बढ्नेछ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): पराक्रम बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । रोकिएका काममा फेरि प्रयत्न गर्दा सफलता मिल्नेछ । विपरीत लिंगीहरूको माध्यमबाट बढी लाभ होला । परिवारिक भेटघाटले मनमा आनन्द मिल्नेछ । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो रहला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): विशेष अवसर प्राप्त भए पनि आज इर्ष्या गर्नेहरूले दुःख दिन सक्छन् । आफ्नै सम्झिएको पात्रबाट धोका पाइने योग भएकोले सचेत रहनु हितकर होला । धनमाल हराउने, चोरिने वा ठगीमा परिने ग्रहयोग छ । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहला । हिम्मतले काम लिने प्रयत्न गर्नु हितकर हुनेछ । सकारात्मक काम बन्नेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने समय छ । तथापि, ठूला ब्यक्तिहरुबाट मानसम्मान प्राप्त होला । मिष्ठान्न भोजन पनि प्राप्त होला । टाढाका साथीभाइसँग सम्बन्ध गाँसिनेछ । आरोग्यबल बढ्नेछ । दैनिक काममा सफलता मिल्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ । ब्यापारबाट फाइदै हुने समय छ । दिगो आम्दानी हुने काम सुरु होला । विगतका कमजोरी सच्याउने मौका मिल्नेछ । विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । तथापि, आर्थिक अभावले सताउन सक्ने समय छ । यात्रा र सवारी साधन उपयोग गर्दा विशेष सावधानी अपनाउनु हितकर होला । अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउन सक्छ । यात्रापरक काममा सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): कर्मबल बढ्ने योग भए पनि जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला । सोचेको काम समयमा नबन्नाले दुःखानुभूति होला । स्वास्थ्यमा सामान्य समस्या देखापर्न सक्छ । आज केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । रसरागको भाव वृद्धि होला ।

तपाईको दिन शुभ रहोस्

 

प्रतिक्रिया दिनुहोस्

Array